५ जेष्ठ २०८१, शनिबार

रौतहटमा पर्यावरणलाई जगेर्ना गर्ने पवित्र उदेश्यले बरहवा ताल किनारमा नेपाली सेना द्वारा वृक्षारोपण ।

५साउन, रौतहट। नेपाली सेना विरदल गण रौतहटले पर्यावरण लाई जगेर्ना गर्ने पवित्र उदेश्यका साथ गौर स्थित बरहवा तालको किनारमा वृक्षारोपण गरेका छन ।
सो वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले पर्यावरण जोगाउन सके मात्र स्वस्थ्य जिवनको कल्पना गर्न सकिन्छ भनेका हुन ।

विरदल गणको नेतृत्वमा डिभिजन वन चन्द्रनिगाहपुर ,अक्सफाम नेपाल र ग्रामिण विकास केन्द्र रौतहटको सहकार्यमा विभिन्न जातका ५ सय बिरुवाको रोपण गरिएको हो ।
वृक्षारोपणले पर्यावरण जगेर्ना गर्नुको साथै वरहवा तालको सौन्दर्यमा थप बढने अपेक्षा गरिएको बिरदल गणका गणपति गंगा बहादुर विष्टले बताए ।
सो अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक सुर्य बहादुर तिमल्सिना सहितका सुरक्षा अधिकारीको सहभागीता रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *