२४ बैशाख २०८१, सोमबार

परासीमा लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ –

बिनोद निगम / नवलपरासी / ४ श्रावण
पश्चिम नवलपरासीमा बुधबार सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुईजना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुपन्देही तिलत्तोमा नगरपालिका- ४ बिष्णुपुरा बस्ने बर्ष अन्दाजी २५ को अनिल दर्जी र सोही स्थानमा बस्ने बर्ष २२ को समित मास्के मगर रहेका छन ।

उनीहरुलाई बुधबार साझ ६ बजे रामग्राम नगरपालिका- ५ स्थित बाइपासबाट जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको ७ जनाको संयुक्त टोलीले महेशपुरबाट परासीतर्फ आउदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

समित मास्केले चलाएको लु १६ प १६०८ नम्बरको स्कुटरलाई रोकी किटको प्रयोग गरी दुबै जनालाई चेकजाच गर्दा लागूऔषध सेवन गरेको ( possetive ) देखिएकोले निजहरुको रितपुर्बक तलासि लिदा स्कुटरमा पछाडी सवार अनिल दर्जीको पाईन्टको खल्ती तलासी गर्दा सानो-सानो चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी स्कुटर र स्कुटरमा सवार दुबै जनालाई नियन्त्रणमा लिएको कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

उक्त लागूऔषध के कुन स्थानबाट के प्रयोजनको लागि ल्याएको र सो कार्यमा अन्यको संलग्नता छकी छैन, भन्ने विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको र पक्राउ परेका दुवै जनालाई बिहीवार (आज) जिल्ला अदालत परासीबाट म्याद थप गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय भुमहीको संयुक्त आयोजनामा बुधबारदेखि सवारी साधन चलाउने मानिसहरूले मादक पदार्थ सेवन गरेको नगरेको र लागुपदार्थ सेवन गरे नगरेको विषयमा चेकजाँच गरिएको छ भने लागु पदार्थ सेवन गरे नगरेको विषयमा लागूऔषध किट प्रयोग गरी चेकजाँच शुरु गरिएको छ । मादक पदार्थ सेवन गरे नगरेको विषयमा ब्रेथलाइजर मेसिनको प्रयोग गरी गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *