२४ बैशाख २०८१, सोमबार

रामग्राममा लागु औषध सहित दुई जना पक्राउ

बिनोद निगम /नवलपरासी / ४
श्रावण
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ४ जीतपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका- ६, पडरी बस्ने बर्ष २० को दिनानाथ तिवारी र सोही मोटरसाइकल पछाडी सवार, सोही स्थान बस्ने बर्ष २० को करण यादव रहेका छन ।

उनीहरुलाई बिहिवार साझ ५ बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्र.ना.नि. धर्म बहादुर कुँवरको कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको युपि ५६ भि ५७८८ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारी मोटरसाइकल, लागुऔषधसहित आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ

चेकजाँचको क्रममा उक्त मोटरसाइकलको पछाडी सवार करण यादवले बोकेको कालो प्लाष्टिकको झोलामा फेनारागन ४० एम्पुल, डाईजापाम ४० एम्पुल र नुफिन ४० एम्पुल फेला परेको हो । पक्राउ पर्ने दुबै जनालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले बताएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *