१८ बैशाख २०८१, मंगलवार

शिलान्यास भएको ७ महिनामा नै चार कोठे कक्षाकोठाको नगरप्रमुख साह द्वारा उदघाटन

१५ भदौ । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
रौतहटको गौर नगरपालिका वडा नं. ७ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको चार कोठे कक्षाकोठाको आज एक कार्यक्रम बिच नगरप्रमुख शम्भु साहले उदघाटन गरेका छन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत वि.सं. २०७९ साल माघ १२ गते वसन्तपंचमीको दिन गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा सो चार कोठे कक्षाकोठाको निर्माणका लागि शिलान्यास भएको थियो ।
नगरप्रमुख साहको विशेष निगरानीमा निर्माण कार्य भइरहेको सो कक्षकोठाको सात महिनामा नै निर्माण प्रक्रिया पुरा भई उदघाटन हुदाँ विद्यायलका शिक्षक कर्मचारी, विद्यार्थी तथा अभिभावकहरु खुशी हुँदै मेयर साहलाई विशेष धन्याद दिएका छन । गौरका मेयर शम्भु साह नगरभित्रका योजनाहरु अन्तर्गत निर्माण हुने कार्यहरुलाई विशेष निगरानी गर्दै आएका छन । निर्माण कार्य स्थलमा मेयर साह आफै समय समयमा गई निरिक्षण गर्नुको साथै निर्माण कार्यमा कुनै किसिमको लापरवाही वा गुणस्तरमा कमि भएमा आफू सो कुरालाई सहन नसक्ने बताउदै आएका छन । उदघाटन कार्यक्रममा नगरप्रमुख साह पुग्दा विद्यालयका विद्यार्थीहरु खुशी हुदै मेयर साहलाई फूलको गुलदस्ता दिई स्वागत गरेका छन । उदघाटन कार्यक्रममा मन्त्वय राख्ने क्रममा मेयर साहले गौर नगरपालिकालाई आर्थिृक दृष्टिकोणले बलियो बनाउन योजना बनाइरहेको बताएका छन । जब सम्म आर्थिक स्थिति राम्रो हुँदैन तब सम्म नगरलाई गाह्रो हुने मेयर साहको भनाइरहेको छ । केन्द्र सरकार र प्रदेश सरकारको भरमा नगरपालिका चलाउन गाह्रो हुने , नगरपालिको पनि आम्दानीको स्रोत हुन आवश्यक हुने मेयर साहले बताएका छन । नगरभित्रका कुन विद्यालयमा कुन विषयका लागि शिषकको कमि छ त्यसमा पनि मेरो ध्यानाकर्षण भएको र कुनै पनि विद्यालयमा शिक्षकको कमि नहोस भनी मेरो प्रयास रहने गौर नगरपालिकाको मेयर शम्भु साहले भनाइ रहेको छ ।
यस्तै गौर नगरपालिका वडा नं. ४ टिकुलियामा निषाद सामुदायिक भवनको उदघाटन दुई दिन पहिला अर्थात भदौ १३ गतेका दिन मेयर साह गरेको थिए । सो सामुदायिक भवनको शिलान्यास वि.सं. २०८० साल बैशाख १८ गते भइ भदौ १३ गते भवनको उदघाटन गरि स्थानीयलाई हस्तान्तरण गर्दा यति छोटो अवधिमा निर्माण कार्य सम्पन्न गरेको भन्दै स्थानीयहरु नगरप्रमुख साहको काम गर्ने गति हेरि आश्चर्यचकित भएका छन । साथै स्थानीयहरु नगरप्रमुख साहलाई धन्यवाद समेत व्यक्त गरेको छन । निषाद सामुदायिक भवन गौर ४ को निर्माणका लागि शहरी विकास तथा भवन निर्माण कार्यालय पर्सा विरगंजले सहयोग गरेको छ । आज उदघाटन भएको श्री सरस्वती माध्यमिक विद्यालय सिसवा विर्ता गौर ७ को चार कोठे कक्षाकोठाको उदघाटन कार्यक्रमका नगरप्रमुख शम्भु साह, वडा नं. ७ का वडा अध्यक्ष हरिशंकर पाण्डे , विद्यालयका प्रधानाध्यापक प्रभास कुमार ठाकुर लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *