२० बैशाख २०८१, बिहीबार

रौतहटमै पहिलो पटक खुल्यो एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर

१५ भदौ । रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिकामा एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टर प्रा।लि। सञ्चालनमा आएको छ । पशु सम्वन्धी उपचार , रिसर्च गर्ने उदेश्यले रिसर्च सेन्टरको सञ्चालनमा ल्याइएको हो ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले एनिमल हॉस्पिटल एन्ड रिसर्च सेन्टरको विधिवत रुपमा उदघाटन गरेका हुन । उहाले यसले पशु सम्वन्धी अनुसन्धान र उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन १
रिसर्च सेन्टरबाट पशु सम्वन्धी विभिन्न रोगको उपचार ,औषधि तथा रोग एवं भाइरसको अनुसन्धान गरिने डाक्टर सुभाष सिंहले बताएका छन १ प्रदेश मै यस्तो सेन्टर पहिलो रहेको बताउँदै डाक्टर सिंहले कुनै किसिमको प्रकोप ,रोगको बारेमा जानकारी लिने ,उपचार गर्ने बताए १ संक्रमणबाट मरेका पशुको शव परिक्षण पनि गरिने व्यवस्था रहेको संचालकले जनाएको छ १ भेटेनरी डाक्टर द्वारा उपचार प्रदान गरिने , कुकुर ,विरालोको बंध्याकरण गरिने ,माइनर र मेजर सर्जरी , गाई ,भैसी र बाख्राको गर्भ परिक्षण गर्ने ,पशुलाइ खुवाउने दाना निर्माण तथा पशु फार्म सम्वन्धी सलाह सुझाव प्रदान गर्ने डाक्टर सिंहले जानकारी दिएका छन १

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *