१८ बैशाख २०८१, मंगलवार

प्रहरी जवान संजीव यादवले घरायसी झगडाको विषयलाई लिएर किशोरीलाई गरे कुटपिट

बारा,भदौ ३० । बारा संवाददाता । बाराको करैयामाइ सहजौली ६ बस्ने पृती यादवलाई घरायसी झैझगडाको विषय लिएर काठमाडौं गण २२ मा कार्यरत प्रहरी जवान संजीव कुमार यादवले मरन्सन गरि कुटपिट गरेका छन ।
पृती यादव पुजा गरि राती ८ बजेको क्रममा मन्दिरबाट घर फर्किने समयमा जवान संजीव कुमार यादवले एकासी रुपमा कुटपिट गरेको पीडित किशोरीले बताइन् । कुटपिटबाट किशोरीको देब्रे हातमा गम्भीर चोट लागेको छ । संबेदनसिल अङ्गमा पनि निडाम बसेको छ । घाइते किशोरीको अहिले प्रदेशिक आस्पताल कलैयामा सघन कक्षमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार किशोरीको स्वास्थ्य अवस्था अहिले सुधारउन्मुख रहेको छ ।
पीडित किशोरीका बुवा छबिलाल राउत अहिरले प्रहरी जवान संजीव कुमार यादवमाथी अनुसन्धानका लागि झिकाइ छानबिन गर्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि नबढाए प्रहरी कार्यालय अगाडि न्यायको लागि धारणा दिने बताउनुभयो

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *