४ जेष्ठ २०८१, शुक्रबार

राजनीति

शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड , तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति

शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड , तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति

राजनीति, शिक्षा, समाचार, स्थानीय
०९ असोज , रौतहट रौतहटमा एक विद्यालयका विद्यार्थीहरुले शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति पुग्नुका साथै चार सुरक्षाकर्मी घाइते भएका छन्। रौतहटको बौद्धिमाई नगरपालिकाको शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले आइतवार नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। शैक्षिक भ्रमणको माग गरिरहेको विद्यार्थीहरुको समूहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्। आक्रोशित विद्यार्थीहरुले नगरपालिका कार्यालयमा रहेको ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन्। तोडफोड गरिएको गाडी नगर प्रमुख प्रदीप यादवले चढ्ने गरेका छन्। यसै गरी विद्यार्थीहरुले नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइलका तथा अन्य साधनमाथि पनि आक्रमण गरेका छन्। नगरपालिका कार्यालयमा आक्रमण गरी विद्यार्थीहरुले भवनमा सामान्य क्षति पुर्‍याउनुका साथै झ्यालका सीसाहरु ...
पूर्व प्रधानमंत्री नेपालद्वारा रौतहटको विभिन्न सडकहरु निर्माणको शिलान्यास, मंचमा ५० किलोको मालाले नेपाललाई स्वागत

पूर्व प्रधानमंत्री नेपालद्वारा रौतहटको विभिन्न सडकहरु निर्माणको शिलान्यास, मंचमा ५० किलोको मालाले नेपाललाई स्वागत

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
०८ असोज , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क रौतहटको गढीमाई नगरपालिका तथा माधवनारायण नगरपालिका स्थितका विभिन्न वाडहरुमा नेकपा एकृकित समाजवादी नेपालका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शहरी विकासका विभिन्न आयोजनाको सडक निर्माण कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिका वडा नं. ६ सिंगारमन धर्मपुर तथा माधवनारायण नगरपालिका वडा नं. १ देखि ८ सम्मका विभिन्न सडकहरु निर्माणको शिलान्यास पूर्वप्रधानमंत्री नेपालबाट सम्पन्न भएको छ । प्रमुख अतिथिको रूपमा पुर्व प्रधानमंत्री माधव कुमार नेपाल नेपाली , नेपाली काङ्ग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादव,ने क पा एस नेतृ सरला यादवको उपस्थितिमा सो कार्र्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्णा यादव , रामसिंहासन यादव मुखिया, गढीमाइ नपाका नगर प्रमुख श्य...
गौरका नगरप्रमुख साह प्रेस काउन्सिलका केन्द्रिय अध्यक्षबाट सम्मानित

गौरका नगरप्रमुख साह प्रेस काउन्सिलका केन्द्रिय अध्यक्षबाट सम्मानित

राजनीति, समाचार, स्थानीय
११ भदौँ , गौर । प्रदेश अनलाइन डेस्क ।  गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह काठमाण्डौँमा सम्मानित भएका छन । गौर नगरपालिकाको विकास निर्माणको विशेष रणनिती तैयार गरि सो सम्बन्धमा राजधानी काठमाण्डौँ पुगेका प्रमुख साहलाई आज शनिवार प्रेस काउन्सिलका केन्द्रिय अध्यक्ष वालकृष्ण वस्नेत र नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव गोविन्द चौलागाइबाट सम्मान सम्मानित गरिएको छ । सम्मान ग्रहण गर्दै साहले शुभचिन्तकहरुको यश किसिमको माया र स्नेहले जनता प्रती झनै उत्तरदायी भइ कार्य सम्पादन गर्न हौसला प्रदान गर्ने गरेको बताएका छन । बिगत ३ हप्ता देखि नगरप्रमुखको पहलमा संचाचित हुदैँ आएको जनता दरबारमा सार्वजनिक सुनुवाई कार्यक्रम आज स्थगित भएको छ । विभिन्न महात्वाकांक्षी योजनाहरुको सिलसिलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल सँग विशेष भेटघाट तथा योजनाहरु बारे छलफल गर्न प...
पश्चिम नवलपरासीको महेसपुर भन्सारले लक्ष्य भन्दा कम उठायो राजस्व २२ करोड ३३ लाख

पश्चिम नवलपरासीको महेसपुर भन्सारले लक्ष्य भन्दा कम उठायो राजस्व २२ करोड ३३ लाख

राजनीति, विविध, समाचार
०२ भाद्र । नवलपरासी । बिनोद निगम । नवलपरासीको महेसपुर भन्सार कार्यालयले एकबर्षमा २२ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैया संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैया संकलन गरेको छ । त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८, आयकर तर्फ ३८ लाख १० हजार ४९५ र प्रशासनिक सेवा शुल्कबाट २ लाख २६ हजार रुपैया संकलन गरेको महेसपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले बताउनु भयो । यो राजस्व गतबर्षको तुल्नामा कम रहेको छ । कार्यालयले गत बर्ष २६ करोड बढि राजस्व संकलन गरेको थियो जुल लक्ष्य अनुसार संकलन भएको थिय...
देशमै सबैभन्दा बढी बिकास प्रति सक्रिय र जनताहरुको लोकप्रिय बन्दै नगरप्रमुख शम्भु साह

देशमै सबैभन्दा बढी बिकास प्रति सक्रिय र जनताहरुको लोकप्रिय बन्दै नगरप्रमुख शम्भु साह

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२६ साउन । प्रदेश अनलाइन न्युज डेस्क गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अथक प्रयास तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बिशेष पहलमा गौर नगरपालिका वडा न। मा निमार्ण हुन लागेको टाउन हल लगायत अन्य योजनाहरुको लागि गम्भीरतापूर्वक यथाशीघ्र निर्माण सुरु गराइ सम्पन्न गराउन सम्बन्धि मन्त्रालयका मन्त्रीलाई निर्देशन दिए अनुसार आज सघन शहरी डिभिजन कार्यालय बिरगंजबाट अत्याधुनिक उपकरण सहित प्राविधिकहरु द्वारा स्वाइल टेस्टको प्रक्रिया अगाडि बढेको छ । त्यस्तै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा आज वडा न। ४ मा साङुरो बाटोलाई फराकिलो गराउदै नाला निर्माणको काम अगाडि बढाएका छन । स्थानीयहरुको माग अनुसार सो बाटोमा जुन बेला पनि हिलो पानी जम्ने गरेकाले तथा बाटो साङुरो भएकाले स्थानीयलाई आवत जावतमा समेत कठिनाइ भएकाले उक्त समस्याहरुलाइ मध्यनजर गर्दै नगरप्...
मधेस प्रदेश सरकारको स्विट्जरल्यान्ड भ्रमण रद्द

मधेस प्रदेश सरकारको स्विट्जरल्यान्ड भ्रमण रद्द

मनोरञ्जन, राजनीति, समाचार
२६ साउन । प्रदेश अनलाइन न्युज डेस्क । मधेस प्रदेश सरकारको स्विट्जरल्यान्ड भ्रमण रद्द भएको छ । संघीय सरकारले मन्त्रिपरिषद्बाट भ्रमणबारे निर्णय नगरेपछि भ्रमण रद्द भएको हो ।मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली आगामी भदौ ६ गते स्विट्जरल्यान्ड भ्रमणमा जाने तयारी गरेको थियो । सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले प्राविधिक कारणले भ्रमण रद्द भएको जानकारी दिए । “दुईरतीन वटा कारण छ, जसको कारण भ्रमण रद्द भएको छ,” उनले भने, “संघीय सरकारले पनि मन्त्रिपरिषद्बाट निर्णय गर्न ढिलाइ गर्‍यो । चुनावको मिति पनि घोषणा भयो । यस्तै कारणहरूले गर्दा भ्रमण रद्द भएको छ ।” असार ३१ गते प्रदेश मन्त्रिपरिषद्ले स्विट्जरल्यान्ड भ्रमणमा जाने निर्णय गरेको थियो । त्यसपछि प्रदेश सरकारको टिम रातो पासपोर्ट र भिसा आवेदनका लागि साउन पहिलो साता काठमाडौं पुगेको थियो । मधेस सरकारले साउन ६ गते प्रधा...
आज देखि मतदाता नामावली संकलन कार्य स्थगित

आज देखि मतदाता नामावली संकलन कार्य स्थगित

राजनीति, विविध, समाचार
२० साउन , प्रदेश अनलाइन न्युज । निर्वाचन आयोगले आज शुक्रवार देखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो । यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । पौडेलका अनुसार आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा १० लाख मतदाता थपिने आयोगको आँकलन रहेको छ । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेका थिए । आयोगले असार १ देखि मतदाता ...
रौतहटमा विभिन्न पार्टीहरु परित्याग गरि नेकपा एसमा सयौँका संख्यामा नेताकार्यकर्ताहरु प्रवेश

रौतहटमा विभिन्न पार्टीहरु परित्याग गरि नेकपा एसमा सयौँका संख्यामा नेताकार्यकर्ताहरु प्रवेश

राजनीति, समाचार, स्थानीय
१७ साउन, रौतहट । प्रदेश अनलाइन न्युज रौतहटमा विभिन्न पाटीै परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेका छन । नेकपा एस रौतहटद्धारा सदरमुकाम गौर स्थित रामजानकी धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधवकुमार नेपालले देशमै आमूल परिवर्तन ल्याउने पार्टी एकिकृत समाजवादी रहेको हुँदा अहिले यस पार्टी प्रति नेपाली जनताहरुको विश्वास बढ्दै गएको समेत बताएका छन । नेपालको आमूल परिवर्तनमा नेपाल कम्युनिष्ट पार्टीको भुमिका सराहनीय रहेको र उक्त पार्टीलाई आफूले इमान्दारी एवं निष्ठाको साथ निर्वाह गर्दैै अघि बढेको जिकिर गर्दै व्यक्तिद्धारा पार्टीलाई बदनाम एवं सत्ताको दम्भ देखाएर तहसनहस बनाउदा आफू सहितका बहुँसंख्यकहरु नयाँ पार्टीको रुपमा एकिकृत समाजवादी स्थापना गरे लगतै नेपाली जनताहरुको असिम विश्वास र भरोसा बढ्दै गएको...
नगरप्रमुख साहको अथक प्रयासले गौरमा २५ करोडको लागतमा टाउन हौल बन्दै ,सोमबार पूर्व प्रधानमंत्री नेपालद्वारा शिलान्यास

नगरप्रमुख साहको अथक प्रयासले गौरमा २५ करोडको लागतमा टाउन हौल बन्दै ,सोमबार पूर्व प्रधानमंत्री नेपालद्वारा शिलान्यास

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
१३ साउन, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क रौतहटको सदरमुकाम तथा जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा ऐतिहासिक कामको थालनी हुन लागेको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको विकासप्रतिको सक्रियताले जिल्लामा नै चर्चा भइरहेको बेला नगरप्रमुख साहद्वारा पुनः ऐतिहासिक कामको सुरुवात हुन लागेको छ । नगरप्रमुख साहको अथक प्रयास तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालको विषेश पहलमा गौर नगरपालिकामा करिब २५ करोडको लागतमा टाउन हौलको निर्माण हुन गइरेको छ । गौर नगरपालिका वडा नं. २ मा निर्माण हुन लागेको करिब ५ हजार वर्ग मिटर क्षेत्रफलको उक्त टाउन हौलको शिलान्यास नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपाल तथा शहरी विकास मंत्री मेटमणी र्चाैधरी लगायत गणमान्य व्यक्तित्वबाट साउन १६ गते सोमबार बिहान ९ बजे हुने निश्चित भएको नगरप्रमु...

फास्ट टाँप १० समाचार । १२ साउन, विहीवार

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१. रौतहटको गौर नगरपालिकाद्वारा लाल बकैयाको वरिपरि४५० थान उच्च क्वालिटीको नेपाली बांसको रोपाई, बांसको जराले बांध कटान रोक्न सहयोग पुर्याउने अपेक्षा रहेको नगरप्रमुख शम्भु साहको भनाइ २. रौतहटको राजदेवी नगरपालिकाको पहलमा वागमती नदीमा ११ वटा अस्थायी स्पर निर्माण, वागमती नदीले जग्गा कटान गर्दै बाँधलाई क्षति पुर्याउन लाग्दा स्थानीय तहको पहलमा स्पर बनाएर बाँधलाई जोगाउन सफल भएको नगरप्रमुख भिखारी यादवको भनाइ ३. निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता मधेस प्रदेशका सभामुख र उपसभामुखले आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक, प्रदेश सभा सचिवालयको वार्षिकोत्सवमा २१ लाख ३० हजार बराबरको ट्र्याक–सुट र जुत्ता खरिद गरिएको खुलासा ४. जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ, पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्र...