
०८ असोज , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
रौतहटको गढीमाई नगरपालिका तथा माधवनारायण नगरपालिका स्थितका विभिन्न वाडहरुमा नेकपा एकृकित समाजवादी नेपालका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शहरी विकासका विभिन्न आयोजनाको सडक निर्माण कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिका वडा नं. ६ सिंगारमन धर्मपुर तथा माधवनारायण नगरपालिका वडा नं. १ देखि ८ सम्मका विभिन्न सडकहरु निर्माणको शिलान्यास पूर्वप्रधानमंत्री नेपालबाट सम्पन्न भएको छ । प्रमुख अतिथिको रूपमा पुर्व प्रधानमंत्री माधव कुमार नेपाल नेपाली , नेपाली काङ्ग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादव,ने क पा एस नेतृ सरला यादवको उपस्थितिमा सो कार्र्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्णा यादव , रामसिंहासन यादव मुखिया, गढीमाइ नपाका नगर प्रमुख श्याम यादव , माधवनारायणका नगरप्रमुख बैजु यादवले ५० (पचास) किलोको माला लगाई पुर्व प्रधानमन्त्री माधव नेपाल र सरला यादव लाई स्वागत तथा अभिनन्दन गरेका छ्न। सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नगरप्रमुखमा गढीमाई न पा का मेयर श्याम यादव ,माधवनारायणका युवा मेयर बैजु यादव, पहलवान भन्ने रामसिहासन मुखिया ,युवा नेता चिरञ्जीवी सिंह ,श्रीराम यादव, नागेन्द्र जयसवाल त्यस्तै नेपाली काङ्ग्रेसबाट प्रदेश जिल्ला तथा नगर कमिटीका सदस्यहरुको साथै ने क पा एसबाट राजदेवी न पा का नगरप्रमुख भिखारी राय यादव ,बौद्धिमाइ न पा का प्रदीप यादव, बृन्दावनका नगरप्रमुख बिनोद पटेल , गौर नपा वडा नं. ९ का वडाध्यक्ष अर्जुन सिंह, रामवली राय यादव लगायत हजारौं गठबन्धन कार्यकर्ताहरुका साथ मंच शेयर गरि चुनावी रणनीति सम्बन्धि छलफल भएका छन। रौतहटको सिंगारवन धरमपुर को कार्यक्रम पश्चात् माधव नारायण न पा को माधोपुर बजारमा नेपाली काङ्ग्रेस र नेकपा एस का कार्यकर्ताहरुसंग भेटघाट भएको थियो ।सो कार्यक्रममा पुर्व प्रधानमन्त्री लाई नेपाली काङ्ग्रेसको तर्फबाट ओमप्रकास महतो,श्रीराम यादव, धिरेन्द्र सिंह,काशीकान्त झा ,धर्मनाथ चौधरी अरुण साहको उपस्थिति रहेको थियो ।