१३ बैशाख २०८१, बिहीबार

संसारलाई परित्याग गरेर विदा भए पत्रकार रविन्द्र मण्डल

०६ असोज, रौतहट । प्रदेश अनलाइनन्युज डेस्क 

नेपाल पत्रकार महासंघको पूर्व सचिव रबीन्द्र मण्डल गौर अस्पतालमा जिवन मरणको दोसाँधमा जीन्दगीको लडाई पराजित भई भौतिक शरिरलाई परित्याग गरेर सधैको लागि बुधवार राति विदा भए ।
रौतहटको दुर्गा भगवती ३ मत्सरी निवासी उदन मण्डलको जेठो छोराको रुपमा रहेका ४७ बर्षिय मण्डल विगत तिन बर्ष देखि जिवनको जंग लड्दै अन्तमा थकित भएर यो संसारबाट सबैलाई छाडी विदा भएको खवर सुन्दा पत्रकार जगत मात्रै नभई सिंगो मत्सरी गाउँ सहित उनलाई चिन्ने जिल्लाबासी स्तब्ध बनेका छन् । तत्कालिन गढो गाविसका प्राविधिक सहायकमा अस्थिायी नियुक्ती पाएका मण्डल राजधानी दैनिकबाट पत्रकारिता पेशामा प्रवेश गरेका थिए । सबैको अथक प्रयासबाट लोकसेवा आयोगको विधि प्रक्रियाबाट उनी स्थायी पनि भए । पत्रकारिता पेशामा रहदा पनि कहिल्यै सरकारी जागिर प्रति उदाशिनता नदेखाई इमान्दारीपूर्वक निष्थावान भई काम गर्दै आए ।
स्थानीय तह भएपछि गढो गाविस माधवनारायण नगरपालिकामा मर्ज हुँदा केही दिन उक्त वडामा काम गर्दै नगरपालिकाको जिन्सी फाँटमा परेपछि सक्रिय पत्रकारिताबाट उनले आफूलाई टाढा रखेर काम केही दिन गरे तर भगवानले पनि उनको कामबाट इष्र्या राखेकै कारण सरकारी कामको शिलशिलामा काठमाडौं बाट फर्किने क्रममा बस दुर्घटनामा परेर गम्भीर घाईत भएका मण्डल अहिले सम्म अपाहिजको जिवन व्यतित गर्दै आएका थिए ।
भए भरका सम्पती उनको उपचारमा लगाए तर निको भएन । काठमाडौं, दिल्ली, भेलौर विभिन्न स्थानहरुमा भौतारिदै उपचार गराउदै आएका थिए । अन्तत ः गौर अस्पतालको आकस्मिक कक्षमा जीवनको लडाईमा उनी पराजित भई यो संसारलाई परित्याग गरेर विदा भए । उनी पछि दुई छोरा र एक अविवाहित छोरीको भार श्रीमतीले कसरी थेग्ने भन्दै मण्डल परिवारमा ठूलो बज्रपात भएको छ । नेपाल पत्रकार महासंघ रौतहटका सचिव तथा मत्सरी निवासी रबीन्द्र मण्डलको निधन प्रति भाव पूर्ण विनम्र श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माको शान्ति एवं बैकुण्ठ बासको कामना तराई टपले गर्दछ । दुखको घडीमा मृतक परिवार प्रति धर्यधारण राख्न इश्वर संग प्रदेश अनलाइनन्युजले प्रार्थना गर्दछ ‘‘‘‘।।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *