२० बैशाख २०८१, बिहीबार

राजनीति

फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

फास्ट टाँप टेन न्युज (साउन ७ गते शनिवार)

खेलकुद, मनोरञ्जन, राजनीति, विविध, शिक्षा, समाचार
१. सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला, हत्यामा संलग्न मृतकका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादव प्रहरीको नियन्त्रणमा २. वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार प्रहरीको नियन्त्रणमा , कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद, पक्राउ पर्नेमा विरगंज १० निवासी ३१ वर्षीय अनिल कुमार रहेको प्रहरीको भनाइ ३. वन तथा वातावरण मन्त्री प्रदीप यादवद्वारा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन तथा अनुगमन, माडीमा निर्माणाधिन हुलाकी सडक निर्माणका क्रममा भइरहेका अवरोध एवम् विद्युत प्रसारण बिस्तारका लागि बन कार्यालय एवम् मन्त्रालयबाट भएका अवरोधहरु आफ्नै कार्यकालमा समाधान गनर्् मन्त्री यादवको प्रतिबद्धता ४. नयाँ विध...
रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको  माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

रौतहटमा नवविवाहित युवतीको हत्या, दाइजोका कारण हत्या गरेको माइती पक्षको आरोप (एक भिडियो रिपोर्ट)

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
६ साउन, रौतहट । रौतहटको वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको हत्या भएको आरोप माइती पक्षले लगाएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं–५ बलिरामपुर माइती भई सिसवा धमौरामा विवाह भएकी २० वर्षीया सविता भनिने सञ्जुकुमारी दासको दाइजोका कारण हत्या भएको आरोप माइती पक्षले लगाएको हो। गत सोमबार घाँटी कसेर सञ्जुको हत्या भएको उनीहरूले दाबी गरेका हुन्। मृतक सञ्जुका माइतीले बिहीबार साँझ घरमै पत्रकार सम्मेलन गरी छोरीको हत्या भएको दाबी गरेका हुन्। आफूहरुसँग पटक–पटक दाइजो स्वरुप रकम माग्ने गरेको र रकम नदिएका कारण हत्या भएको उनीहरूको भनाइ छ। ससुरा चन्देश्वर दास र श्रीमान रमाकान्त दासको मिलेमतोमा सासू शिवा देवी, देवर उमाकान्त दास, नन्द रञ्जना दास, ठूला ससुरा विन्देशवर दासले साउन २ गते बेलुका सञ्जुको हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाए। उनले इलाका प्रहरी ...
कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

राजनीति, समाचार
६ साउन, हेटौडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको बिहान १० प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६ सय ५० जनाको सहभागिता रहने छ। भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ता गर्ने र भोलि निर्वाचन गर्ने तयारी छ। नयाँ नेतृत्वका लागि संस्थापन र इतरका गरी दुइ प्यानल छन्। संस्थापन पक्षले अध्यक्षको उम्मेदवार अनिता विन्दुलाई बनाएको छ, भने इतर पक्षबाट अध्यक्षमा शिव लम्साल छन्।  ...
मधेस प्रदेशमा साउन ८ गते काँग्रेसको अभिमुखिकरण कार्यक्रम

मधेस प्रदेशमा साउन ८ गते काँग्रेसको अभिमुखिकरण कार्यक्रम

राजनीति, समाचार, स्थानीय
५ साउन, रौतहट । नेपाली कांग्रेसले मधेस प्रदेशमा साउन ८ गते अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिद्धारा आयोजित स्थानीय निकायमा नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम हुने नेपाली कांग्रेस सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिएका छन् । आउँदो आईतबार हुने सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पार्टीका केन्द्रीय उप–सभापति तथा पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्का रहने छ, भने मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले सो कार्याक्रमको अध्यक्षतामा गर्ने गुप्ताले बताएका छन् । विशेष सम्बोधन सहित कार्यक्रमको आयोजना हुने भएको हुँदा उपस्थितको लागि मधेस प्रदेश भित्र रहेका पार्टी केन्द्रीय सहमहामन्त्री , केन्द्रीय सदस्य एवं सम्पूर्ण मधेस प्रदेश कार्यसमिति पदाधिकारी सदस्य , जिल्ला सभापति , क्षेत्रीय सभापति, क्ष...
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गरिने

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गरिने

राजनीति, समाचार
३ साउन, काठमाडौँ । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गर्ने भएको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिस अनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लौजाने तयारी गरेको जानकारी दिए । उनले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश अनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए । मन्त्री श्रेष्ठले विज्ञ ट...
राजनेतिककरण र अनुसासनहिन काम  गरेको भन्दै रौतहटमा एक निजि श्रोतको शिक्षकलाई खारेज

राजनेतिककरण र अनुसासनहिन काम गरेको भन्दै रौतहटमा एक निजि श्रोतको शिक्षकलाई खारेज

राजनीति, शिक्षा, समाचार, स्थानीय
३ साउन, रौतहट । रामशरण यादव शिक्षण पेशामा आबद्ध रहँदै आएका माबि सितलपुरका करार शिक्षक राजकुमार यादवलाई वडा कार्यालय र बिधालय ब्यवासथपन समितिले खारेज गरिएको छ। फतुवा विजयपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय यादव र माबि सितलपुर बिधालय ब्य्वास्थपन समितिका अध्यक्ष दिपेन्द्र यादव संयुक्त रुपमा बिज्ञप्ति जारि गर्दै यादवलाई खारेज गरेका हुन् । उक्त हस्तारिक्ष बिज्ञप्तिमा लेखिएका छन् फतुवा विजयपुर नगरपालिका वडा न २ समितिको मिति २० ७९ साउन १ गते को बैठको निर्णय अनुसार श्री माबि सितलपुरमा निजि श्रोत नि मा बि करारमा नियुक्ति लिई कार्यरत शिक्षक राजकुमार यादवले बिधालयमा राजनेतिककारण गरि बिधालयको बाताबरण उथलपुथल गरेको र बिधालय संचालनको समयमा आफना घन्टी छोडी कुर्सीमा मस्त निन्द्रामा सुति अनुसासनहिन काम गरि सरकारी बिधालय प्रतिको अभिभावकहरुको बिस्वास समेत गुमेकोले र सो अनुशासनहीन ख...
गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी  प्राविधिक पक्षको कार्यको शुरूवात

गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी प्राविधिक पक्षको कार्यको शुरूवात

राजनीति, समाचार, समाज, स्थानीय
०१ साउन, रौतहट । गएको साता गृहनगर आएका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह सहितको जनप्रतिनिधिहरु बिच गौर नगरपालिकाको समग्र विकासका लागी तैयार भएको रणनीति र योजनाहरु अन्तर्गत गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी आज बाट प्राविधिक पक्षको कार्यको शुरूवात भएको छ । ढलको समस्या समाधानका लागी प्रारम्भिक चरणमा drain & sewerage at gaur municipality प्रोजेक्ट अन्तर्गत सो कार्यको डिपिआर गर्नु पर्ने भएको हुदा सिईएमसी बाट आएका इन्जिनियर अजित कर्ण सहितको टिमका साथ गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौर नगरपालिकाको विभिन्न क्षेत्रको अनुगमन गरेका छन । नगरप्रमुख शम्भु साहको विशेष पहलमा सो परियोजनाको लागी सर्वे गर्न आएको सो समुहका इन्जिनियर अजित कर्णका अनुसार डिपिआर गर्न करिब एक महिना लाग्ने छ । ढल निकासका लागी शुरु हुने drain & sewerage at g...
श्रोत नखुलेको ५ लाख रकम सहित भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको ५ लाख रकम सहित भारतीय नागरिक पक्राउ

राजनीति, समाचार, समाज, स्थानीय
३१ असार, सलार्ही । सर्लाहीबाट पाँच लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उक्त रकमको श्रोत नखुलेको कारण भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर छन् । बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको छ । बरामद भएको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...
बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

राजनीति, शिक्षा, समाचार, समाज
२८ असार, काठमाण्डौँ । प्रतिनिधिसभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय हदम्याद बढाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालकको हकमा बालिग भएपछि एक वर्षभित्र उजुरी दिनुपर्ने अन्यथा मुद्दा नलाग्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले उजुरी गर्न पाउने समय एक वर्ष थपेको छ । पारित विधेयक अनुसार अब नाबालकको हकमा यौन हिंसा र बलात्कार जन्य घटना भएको भए १८ वर्ष पुगेपछि ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने हुन्छ । यस्तै, बालिगको हकमा हिंसा बलात्कार भएको एक वर्ष भित्र उजुरी गरिसक्नुपर्ने पर्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले घटना भएको २ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था राखेको छ । यस्तै, थु...
वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा नवलपरासीको सरावल गा.पा. वडा ५ को वार्ड कार्यालय घेराउ

वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा नवलपरासीको सरावल गा.पा. वडा ५ को वार्ड कार्यालय घेराउ

राजनीति, समाचार, समाज
२७ असार, कृष्ण गिरी । नवलपरासी पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नम्बर ५ को वार्ड कार्यालय मा स्थानियबासिले सोमबार हिजो प्रदर्सन गरेका छ्न । गत बर्ष कोरोना बाट प्रभावित को लागि राहत दिने सरकार को निर्णय अनुसार पालिका ले प्रभावित ब्याक्ती को वितरण संकलन गर्दा वार्डले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाइ बेवस्ता न गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वार्ड को सबै सेवा प्रभावित हुनेगरी हिजो आक्रोशित गरेको स्थानिय बासिहरुले बताएका छ्न । राहत वितरणमा वार्डले आफ्ना मान्छेको नाम सिफारिस गरेको परिवारको नाम सिफारिस गरेको र एकै परिवारका दुईजना सम्मको नाम सिफारिस गरि गाउपालिकामा पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोशीत भएका हुन । वार्डले जति पनि नाम सिफारिस गरिएको छ ती सबैको छानबिन गरि वास्तविक प्रभावित परिवार लाइ छनौट नगरेसम्म वार्डम...