८ बैशाख २०८१, शनिबार

गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी प्राविधिक पक्षको कार्यको शुरूवात

०१ साउन, रौतहट । गएको साता गृहनगर आएका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह सहितको जनप्रतिनिधिहरु बिच गौर नगरपालिकाको समग्र विकासका लागी तैयार भएको रणनीति र योजनाहरु अन्तर्गत गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी आज बाट प्राविधिक पक्षको कार्यको शुरूवात भएको छ ।
ढलको समस्या समाधानका लागी प्रारम्भिक चरणमा drain & sewerage at gaur municipality प्रोजेक्ट अन्तर्गत सो कार्यको डिपिआर गर्नु पर्ने भएको हुदा सिईएमसी बाट आएका इन्जिनियर अजित कर्ण सहितको टिमका साथ गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौर नगरपालिकाको विभिन्न क्षेत्रको अनुगमन गरेका छन ।

नगरप्रमुख शम्भु साहको विशेष पहलमा सो परियोजनाको लागी सर्वे गर्न आएको सो समुहका इन्जिनियर अजित कर्णका अनुसार डिपिआर गर्न करिब एक महिना लाग्ने छ । ढल निकासका लागी शुरु हुने drain & sewerage at gaur municipalityपरियोजनाको पुर्ण अनुमानित लागत करिब ७० देखि ८० करोड हुने इन्जिनियर कर्णले जानकारी गराएका छन ।
परियोजनाको डिपिआर अन्र्तगतग गौर नगरपालिकामा रहेको घरधुरीबाट निस्कीने ढल तथा फोहोरको परिमाण आक्लन गर्नुका साथै सो लाई पर्यावरणमा असर नपुग्ने गरि बन्दोबस्तका उपाय तथा सो लाई नष्ट गर्दा अपनाउनु पर्ने विधि प्रक्रिया बारे समेत अध्यन गरिनेछ ।

त्यस्तै प्रारम्भिक चरणमा गरिने डिपिआर अन्र्तगत फोहर तथा ढललाई विधि प्रक्रिया पुरा गरि पुनः प्रयोगमा ल्याउन सकिने वा नसकिने सम्भावना उपर समेत अध्यन गरि रिपोर्ट तयार गरिने ईन्जिनयर कर्णले बताएका छन् ।

डिपिआरका लागी प्रविधिक पक्षको काम गर्ने विज्ञका अनुसार गौर नगरपालिकाको ढलको चापलाई अध्यन गरेपछि मात्रै सडको बिच भागबाट ट्रेक निर्माण गर्नु पर्ने वा सडकको छेउमा ट्रेक निर्माण गर्नेबारे निष्कर्श निकाल्न सकिने बारे निर्णय लिन सकिनेछ ।

यो परियोजना सम्पन्न भए पछि यत्रतत्र रुपमा बहाव रहेको ढल तथा नालाहरु पूर्ण रुपमा व्यवस्थित भई दिर्घकालिन रुपमा हिलो तथा जलमग्न अवस्थाको समाधान हुने नगरप्रमुख शम्भु साहले बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *