५ जेष्ठ २०८१, शनिबार

कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

६ साउन, हेटौडा । बागमती प्रदेशको राजधानी हेटौंडामा सत्तारुढ दल नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ।
महाधिवेशनको बिहान १० प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्।

महाधिवेशनमा नेपाल प्रेस युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६ सय ५० जनाको सहभागिता रहने छ। भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ता गर्ने र भोलि निर्वाचन गर्ने तयारी छ। नयाँ नेतृत्वका लागि संस्थापन र इतरका गरी दुइ प्यानल छन्। संस्थापन पक्षले अध्यक्षको उम्मेदवार अनिता विन्दुलाई बनाएको छ, भने इतर पक्षबाट अध्यक्षमा शिव लम्साल छन्।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *