७ बैशाख २०८१, शुक्रबार

राजनीति

नारायणी नदि नेपाल र भारतका उच्चटोलि द्वारा बन्दै गरेको सरचनाको निरिक्षण

नारायणी नदि नेपाल र भारतका उच्चटोलि द्वारा बन्दै गरेको सरचनाको निरिक्षण

अन्तर्वार्ता, राजनीति, समाचार
२४ असार, नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासीको नारायणी नदी भारत सँग जोडिएका आसपासमा भारत सरकारको सहयोगमा निर्माणाधिन अवस्थामा रहेको विभिन्न सरंचनाहरुलाई विहिबार भारत उत्तरप्रदेशका मन्त्रि सहित भारतिय सिचाई अधिकारीहरु सम्मिलित टोलीले निरिक्षण गरेको छ । भारत उत्तर प्रदेशका सिचाई मन्त्री स्वतन्त्रदेव समेतको टोलीले नदीको किनारमा भारतिय पक्षबाट निर्माण गरिएको र निर्माण कार्य भइरहेको सरंचनाहरुको निरिक्षण गरेको हो । सिचाई मन्त्री देवले सुस्ता गाउपालिका वडा नम्बर ३, ४ र ५ मा निर्माण भइरहेको स्पर र कटरको निरिक्षण गर्दै आफ्नो मातहतका प्राविधिकहरुलाई निर्माण कार्य गुणस्तर युक्त बनाउन निर्देशन दिनुभएको छ । सो अवसरमा गण्डक नदी संघर्ष समिति पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष दुधनाथ गुप्ताले विग्याप बाधको उचाई बढाउनुपर्ने र नदीको विच भागमा बालुवा पुरिन गई नदीको पानी विग्याप तर्फ बढ्ने क्र...
जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सहमति जुटेको ः सांसद राजेन्द्र महतो

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सहमति जुटेको ः सांसद राजेन्द्र महतो

राजनीति, समाचार
२२ असार, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् । नयाँ बानेश्वरस्थित बुधबार संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताए । उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे । नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्थाअनुसार कानुन ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानक...
विकासको पर्खाइमा गरीब डोम बस्ती

विकासको पर्खाइमा गरीब डोम बस्ती

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
२२ असार, पर्सा । बलिराम यादव, पर्सा संवाददाता पर्सा जिल्लाको गरमिन भेगमा रहेको पर्सागढी नगरपालिका वडा नं ६ तित्राउन चैनपुरमा करिब ११ घरपरिवारमा रहेका करिब ,७२ जन दलित डोम बस्तीमा अहिले सम्म विकास पुगन सकेको छैन। पिहलो जनप्रनिधी निर्वाचित भई पाँच वर्ष कार्यकालमा विकास नामको कुनै शब्द पुगन सकेको छैन। अहिले पनि उ यही फुस्को घर , पलास्टिक ओक्षयाइएस्को छानो ,कम्बल्ले घेरिएको भकरो, जस्ता दृश्यले जो कोहीको मन पग्लिन्छ। लाखौं करोडौंको बजेट मतोपुरी गराबेल,रोड नला ढलनमा सिद्याइन्छ। तर अति विपन गरिबहरूको झुपडीमा विकास नामको शब्द किन पुग्दैन । शिक्षा श्वास्थ,खाने पानीको समेत अभाभव रहेको त्यो डोम बस्तीमा देख्न सकिन्छ।एउटै धारा बाट ७२जनाले आफ्नो गुजारा चलाइरहेको अवस्था छ। नेपाल खुला दिसा मुक्त भएको धेरै समय बितिसक्दा पनि शौचालय नभएर उनीहरू अहिले पनि बहिर दिसा गर्न बाध्य रहेका छन् ।रिङ त पाइयो ...
सरकार द्वारा   नागरिकता विधेयक फिर्ता, आज अर्को विधेयक दर्ता गर्ने तयारी

सरकार द्वारा नागरिकता विधेयक फिर्ता, आज अर्को विधेयक दर्ता गर्ने तयारी

राजनीति, समाचार
२२ असार, काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । आज नै अर्को विधेयक दर्ता गर्ने र फास्ट ट्राकमार्फत पास गर्ने सरकारी तयारी छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले २०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यो विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । तर नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको बहुमत भएको त्यो समितिले बहुमतका आधारमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि नागरिकता दिने प्रावधान पास गरेको छ । त्यसबेला नेपाली कांग्रेससँगै जनता सम...
विगतको नेतृत्वले गरेका कामहरु समेटेर विरगंज महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी

विगतको नेतृत्वले गरेका कामहरु समेटेर विरगंज महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी

राजनीति, समाचार, स्थानीय
१९ असार, विरगंज/बलिराम यादव । विरगंज महानगरपालिकाको सभा हलमा आज विगतको नेतृत्वले गरेका कामहरु समेटेर महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी भएको छ । आइतबार महानगरको सभाकक्षमा पत्रकार सम्मेलन नै गरेर नवनिर्वाचित मेयर राजेशमान सिंहले श्वेतपत्र जारी गरेका हुन् । जारी श्वेतपत्रमा महाननगरपालिकाको यसअघिको नेतृत्वले महानगरमा गरेका भौतिक र सामाजिक क्षेत्रमा गरेका कामहरु र ती काममा खर्च गरिएका बजेटका विवरणहरु समेटिएका छन् । यस्तै श्वेतपत्रमा महानगरको वर्तमान भौतिक पूर्वाधार , आर्थिक , शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बारे पनि जानकारी गराइएको छ । श्वेतपत्र जारी गर्दै नवनिर्वाचित मेयर सिंहले विगतको नेतृत्वले महानगरमा निमर्माण तथा सन्चालनका गरेका भौतिक पुर्वाधार र योजनाहरु निर्माण सम्पन्न भइ सन्चालनमा आएको एक डेढ वर्ष नबित्दै जीर्ण अवस्थामा पुगेको अवस्था रहेको बताए । भैतिक पुर्वाधार र ...
भारत सरकारले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारत सरकारले नेपाललाई दियो ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

अन्तर्राष्ट्रिय, राजनीति, शिक्षा, समाचार
१९ असार, काठमाण्डौ – भारत सरकारले नेपाललाई अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आज आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालमा रहेको भारतीय राजदूतावासले विभिन्न सङ्घ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको हो । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ । एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो । श्रीवास्तवले बस र एम्बुलेन्स प्रदान गरिएका विभिन्न संस्थालाई चाबी प्रदान गर्नुभएको थियो । यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा मन्...
जसपाद्वारा सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय, नयाँ मन्त्रीहरुको सूचीमा प्रदिप यादव

जसपाद्वारा सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय, नयाँ मन्त्रीहरुको सूचीमा प्रदिप यादव

राजनीति, समाचार, स्थानीय
१७ असार, विरगंज । जनता समाजवादी पार्टी नेपाल जसपा ले सङ्घीय सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारमा सहभागी जसपाका चारैजना मन्त्रीलाई फिर्ता बोलाउने निर्णयसँगै पार्टीको तर्फबाट को नयाँ मन्त्री बन्ने बारे कौतूहलता बढ्दै गएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले पनि नयाँ मन्त्रीको नाम टुङ्गो लगाउने गृहकार्य गरिरहेका छन् भने मन्त्रीका आकांक्षीले पार्टी अध्यक्षलाई फकाउन दौड धुप सुरु गरिसकेका छन् । यो सबका बीच जसपाबाट सरकारमा सहभागी हुनलागेका सम्भावित मन्त्रीहरुको नाम अगाडि आएको छ । नयाँ मन्त्रीहरुको सूचीमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य ९सांसद्० प्रदीप यादवको नाम पनि रहेको उपेन्द्र यादव निकट स्रोतको दावी छ । स्रोतका अनुसार अध्यक्ष यादवले सांसद् प्रदीप यादवलाई यस पटक मन्त्री बनाउने निर्णय गरिसकेका छन् आज साँझ अथवा भोली बिहानसम्म याद...
माधवनारायण स्थित माधोपुरमा आधा घण्टा पानी पर्दा प्राय सबैको घर डुवानमा, जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेन

माधवनारायण स्थित माधोपुरमा आधा घण्टा पानी पर्दा प्राय सबैको घर डुवानमा, जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेन

राजनीति, समाचार, समाज, स्थानीय
१७ असार, रौतहट । मधेश प्रदेशमा एक आपसमा झै झगडा पनि मौषम अनुसार नै हुने गर्छन । मधेशका जनताहरुको अदालत धाउने परम्परा आज देखि न भएर वर्षौ देखिको छ । स–साना झै झगडालाई लिएर लाखौँ पैसा अदालतमा दौडेर खर्च गर्न कहिल्यै पछि पर्दैन । तर सबै भन्दा ठूलो बिडम्बना यो हो , त्यहाँका स्थानीय नेता तथा जनप्रतिनिधि नै शान्त गर्नुको सटा उक्साउने काम गरेर आफ्नो निजि स्वार्थ पुरा गर्ने गर्छन । चुनावको बेला ठूल–ठूला गफ लगाउने ती नेता तथा जनप्रतिनिधिहरु आफ्नो गाउँघरको सानो समस्या पुरा गर्न सकेको हुदैँन । रौतहट देखि मधेश प्रदेशका अन्य जिल्लाहरुमा पानी निकासाको विवाद वर्षेनी बैशाख देखि भदौँ सम्म हुने गर्छन । त्यसता विवादहरु ठूलो झगडामा परिणत भई घटना दुर्घटना पनि हुने गरेको समाचार बारम्बार आउँदा पनि यो समस्या तिर कसैको ध्यान पुगेको छैन । रौतहटको माधवनारायण नगरपालिकाको वडा नं. ६ माधोपुरमा वर्षायामको बेला पानीको...
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुद्वारा तालाबन्दी

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुद्वारा तालाबन्दी

राजनीति, समाचार, समाज, स्थानीय
१६ असार जनकपुर । विभिन्न मागहरु राख्दै आज जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरुले तालाबन्दी गरेका छन । मन्त्रालयमा ताला लगाएर प्रदेशका विभिन्न जिल्लाबाट आएका किसानहरु धर्नामा समेत बसेका छन् । शीत भण्डारको रकम भुक्तानी दिनुपर्ने, समयमा मलखाद र बीउबिजन उपलब्ध गराउनुपर्ने, प्राकृतिक विपद्का कारण किसानलाई भएको क्षतिपूर्ति दिनुपर्नेलगायतका किसानहरुको माग रहेकोछ । प्रदेश सरकारले २०७६ जेठ २९ गते शीतभण्डार निर्माण गर्न कृषक समूहसँग सम्झौता गरेको थियो । शीतभण्डार निर्माण भइसके पनि सरकारले भुक्तानी दिन मानेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको जसपाका नेतासमेत रहेका किसान शेषनारायण यादवले बताए का छन ।...
जसपामा उपेन्द्र र बाबुराम पक्ष अलग हुन सहमत

जसपामा उपेन्द्र र बाबुराम पक्ष अलग हुन सहमत

राजनीति, समाचार
१६ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) फुटने अब निश्चित भयो । जनता समाजवादी पार्टी (जसपा) मा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अलग हुन सहमत भएका छन् । डा. भट्टराईले बुधबार साँझ यादवलाई बोलाएर अलग हुने प्रस्ताव राखेका थिए । वैकल्पिक शक्ति बनाउने उद्देश्यका साथ पार्टी एकता गरेको भए पनि त्यसलाई संगठनात्मक स्वरुप दिन नसकेकाले अब सहमतिमा छुट्नुपर्ने भट्टराईको प्रस्ताव थियो ।त्यसमा यादव पनि सहमत भएको भट्टराई निकट एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई बताए । उपेन्द्र यादव पक्षका नेताहरुले पनि दुई नेताबीच सहमतिमै अलग हुने सहमति भएको पुष्टि गरे । सिंहदबारमा भएको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका उनी निकट स्रोतले बतायो । नेताहरुका अनुसार सहमतिमा अलग हुँदा केन्द्रीय सदस्य र सांसदहरुलाई कता जाने हो रोज्न दिन...