
५ साउन, रौतहट । नेपाली कांग्रेसले मधेस प्रदेशमा साउन ८ गते अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिद्धारा आयोजित स्थानीय निकायमा नव निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम हुने नेपाली कांग्रेस सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिएका छन् । आउँदो आईतबार हुने सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पार्टीका केन्द्रीय उप–सभापति तथा पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्का रहने छ, भने मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबले सो कार्याक्रमको अध्यक्षतामा गर्ने गुप्ताले बताएका छन् ।
विशेष सम्बोधन सहित कार्यक्रमको आयोजना हुने भएको हुँदा उपस्थितको लागि मधेस प्रदेश भित्र रहेका पार्टी केन्द्रीय सहमहामन्त्री , केन्द्रीय सदस्य एवं सम्पूर्ण मधेस प्रदेश कार्यसमिति पदाधिकारी सदस्य , जिल्ला सभापति , क्षेत्रीय सभापति, क्षेत्रीय प्रदेश कार्यसमितिका सभापति, नेपाली कांग्रेस बाट स्थानीय तहमा निर्वाचित मेयर , उप मेयर एवम गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष , र वडा अध्यक्षहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।