१४ बैशाख २०८१, शुक्रबार

मधेस प्रदेश सरकारको स्विट्जरल्यान्ड भ्रमण रद्द

२६ साउन । प्रदेश अनलाइन न्युज डेस्क ।

मधेस प्रदेश सरकारको स्विट्जरल्यान्ड भ्रमण रद्द भएको छ । संघीय सरकारले मन्त्रिपरिषद्बाट भ्रमणबारे निर्णय नगरेपछि भ्रमण रद्द भएको हो ।मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोली आगामी भदौ ६ गते स्विट्जरल्यान्ड भ्रमणमा जाने तयारी गरेको थियो । सरकारका अर्थमन्त्री तथा प्रवक्ता शैलेन्द्र प्रसाद साहले प्राविधिक कारणले भ्रमण रद्द भएको जानकारी दिए ।

“दुईरतीन वटा कारण छ, जसको कारण भ्रमण रद्द भएको छ,” उनले भने, “संघीय सरकारले पनि मन्त्रिपरिषद्बाट निर्णय गर्न ढिलाइ गर्‍यो । चुनावको मिति पनि घोषणा भयो । यस्तै कारणहरूले गर्दा भ्रमण रद्द भएको छ ।”

असार ३१ गते प्रदेश मन्त्रिपरिषद्ले स्विट्जरल्यान्ड भ्रमणमा जाने निर्णय गरेको थियो । त्यसपछि प्रदेश सरकारको टिम रातो पासपोर्ट र भिसा आवेदनका लागि साउन पहिलो साता काठमाडौं पुगेको थियो ।

मधेस सरकारले साउन ६ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावअघि प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । सोहीबेला मन्त्रिपरिषद्बाट भ्रमणबारे पनि निर्णय गरिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरिएको थियो । तर, त्यो साता मन्त्रिपरिषद्को बैठक नबसेकाले निर्णय हुन नसकेको बताइएको छ ।

जेनेभा विश्वविद्यालयको निमन्त्रणामा स्विट्जरल्यान्डको संघीयता मोडेलबारे अध्ययन गर्न मधेस सरकारको टिम जाने तयारी गरेको थियो । बस्ने, खाना र व्यवस्थापनको जिम्मा आमन्त्रण गर्ने पक्षले नै लिएको थियो । टिकट खर्च प्रदेश सरकारले आफैँ बेहोर्ने गरी तयारी गरेको थियो ।

सम्भावित भ्रमणको प्रतिपक्षी दलहरू र सर्वसधारणहरूले पनि समाजिक सञ्जालमा आलोचना गरेका थिए ।

सबै पार्टीको प्रतिनिधित्व हुने गरी भ्रमण टोली बनाइएको थियो । उक्त टोलीमा मुख्यमन्त्री राउतसँगै मधेस प्रदेशका सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, गृह तथा सञ्चारमन्त्री भरत साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादवको नाम समावेश गरिएको थियो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० की प्रदेशसभा सदस्य रानी शर्मा, नेकपा ९एमाले० की प्रदेशसभा सदस्य शारदादेवी थापा, प्रदेशसभाका सचिव रञ्जित यादवलगायतको नाम भ्रमण टोलीमा राखिएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *