१४ चैत्र २०७९, मंगलवार

देशमै सबैभन्दा बढी बिकास प्रति सक्रिय र जनताहरुको लोकप्रिय बन्दै नगरप्रमुख शम्भु साह

282

२६ साउन । प्रदेश अनलाइन न्युज डेस्क
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको अथक प्रयास तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको बिशेष पहलमा गौर नगरपालिका वडा न। मा निमार्ण हुन लागेको टाउन हल लगायत अन्य योजनाहरुको लागि गम्भीरतापूर्वक यथाशीघ्र निर्माण सुरु गराइ सम्पन्न गराउन सम्बन्धि मन्त्रालयका मन्त्रीलाई निर्देशन दिए अनुसार आज सघन शहरी डिभिजन कार्यालय बिरगंजबाट अत्याधुनिक उपकरण सहित प्राविधिकहरु द्वारा स्वाइल टेस्टको प्रक्रिया अगाडि बढेको छ ।


त्यस्तै गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह द्वारा आज वडा न। ४ मा साङुरो बाटोलाई फराकिलो गराउदै नाला निर्माणको काम अगाडि बढाएका छन । स्थानीयहरुको माग अनुसार सो बाटोमा जुन बेला पनि हिलो पानी जम्ने गरेकाले तथा बाटो साङुरो भएकाले स्थानीयलाई आवत जावतमा समेत कठिनाइ भएकाले उक्त समस्याहरुलाइ मध्यनजर गर्दै नगरप्रमुख साहले सो स्थानको समस्या समाधानका लागि बाटो चौडिकरण र नाला निर्माण सङै गराउने गरि प्रक्रिया अगाडि बढाएको नगर प्रमुख साहले बताएका छन ।।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0