१४ चैत्र २०७९, मंगलवार

आज देखि मतदाता नामावली संकलन कार्य स्थगित

157

२० साउन , प्रदेश अनलाइन न्युज । निर्वाचन आयोगले आज शुक्रवार देखि मतदाता नामावली संकलन कार्य स्थगित गरेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो ।

यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार आगामी मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा १० लाख मतदाता थपिने आयोगको आँकलन रहेको छ । स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख मतदाता रहेका थिए । आयोगले असार १ देखि मतदाता नामावली संकलन कार्य सुरु गेरको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0