१२ बैशाख २०८१, बुधबार

पश्चिम नवलपरासीको महेसपुर भन्सारले लक्ष्य भन्दा कम उठायो राजस्व २२ करोड ३३ लाख

०२ भाद्र । नवलपरासी । बिनोद निगम । नवलपरासीको महेसपुर भन्सार कार्यालयले एकबर्षमा २२ करोड बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष २०७८÷०७९ मा कुल २२ करोड, ३३ लाख ४५ हजार ४६८ रुपैया राजस्व संकलन गरेको जानकारी दिएको छ । भन्सार कार्यालयले पैठारी महसुल तर्फ १२ करोड, ५१ लाख ७६ हजार ८२८ रुपैया संकलन गरेको छ भने कृषि सुधार शुल्क तर्फ ४ करोड १६ लाख ९७ हजार ७०६ रुपैया संकलन गरेको छ । त्यसैगरी पैठारी सेवा दस्तुर तर्फ १५ लाख २७ हजार अन्त शुल्क तर्फ २८ लाख ८७ हजार ५६१, मुल्य अभिबृद्धि तर्फ ४ करोड ८० लाख ९ हजार ४७८, आयकर तर्फ ३८ लाख १० हजार ४९५ र प्रशासनिक सेवा शुल्कबाट २ लाख २६ हजार रुपैया संकलन गरेको महेसपुर भन्सार कार्यालय प्रमुख रामप्रसाद अर्यालले बताउनु भयो ।

यो राजस्व गतबर्षको तुल्नामा कम रहेको छ । कार्यालयले गत बर्ष २६ करोड बढि राजस्व संकलन गरेको थियो जुल लक्ष्य अनुसार संकलन भएको थियो । यसबर्ष विभागले महेसपुर भन्सारलाई ४५ करोड राजस्व संकलन गर्न लक्ष्य दिएपनि सो लक्ष्यको ५० प्रतिशत पनि राजस्व उठन सकेन ।
राजस्व हसमा मुख्य कारण नेपाल सरकारले एलसी बन्द गर्नु र उता भारत सरकारले चिनी, गहुँ, चामल, दाल लगायतका खाद्यान्न निर्यातमा रोक लगाउनु रहेको भन्सारले जनाएको छ । नेपाल सरकारले एलसी बन्द गर्दा विलासिताका सर–सामान आयात गर्न पाईएन जसले राजस्वमा ठुलो हस आएको देखिन्छ । अर्को समस्या महेसपुर भन्सार ठुलो भन्सारमा स्तरउन्नती भएपनि यहाँ व्यपारीहरुको चाप बढन सकेन जसकारण कारोबारमा बृद्धि भएको छैन । भन्सारको आवश्यक भौतिक पुर्वाधार, बाटोघाटोको विकास नहुनु, प्लान्ट क्वारेन्टाईन, खाद्य विषादी परिक्षण केन्द्र स्थापना नहुनु र जनशक्तिको अभावले पनि यहाँ व्यपारीहरुको चाप नबढेको अनुमान गरिन्छ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *