१३ बैशाख २०८१, बिहीबार

फास्ट टाँप १० समाचार । १२ साउन, विहीवार

१. रौतहटको गौर नगरपालिकाद्वारा लाल बकैयाको वरिपरि४५० थान उच्च क्वालिटीको नेपाली बांसको रोपाई, बांसको जराले बांध कटान रोक्न सहयोग पुर्याउने अपेक्षा रहेको नगरप्रमुख शम्भु साहको भनाइ

२. रौतहटको राजदेवी नगरपालिकाको पहलमा वागमती नदीमा ११ वटा अस्थायी स्पर निर्माण, वागमती नदीले जग्गा कटान गर्दै बाँधलाई क्षति पुर्याउन लाग्दा स्थानीय तहको पहलमा स्पर बनाएर बाँधलाई जोगाउन सफल भएको नगरप्रमुख भिखारी यादवको भनाइ

३. निजी सचिवालयमा कार्यरत कर्मचारीहरूको तलब, भत्ता मधेस प्रदेशका सभामुख र उपसभामुखले आफ्नो निजी बैंक खातामा बुझ्दै आएको तथ्य सार्वजनिक, प्रदेश सभा सचिवालयको वार्षिकोत्सवमा २१ लाख ३० हजार बराबरको ट्र्याक–सुट र जुत्ता खरिद गरिएको खुलासा

४. जनकपुरधाममा महिलाको साथबाट दुई लाख रुपैयाँ लुटेर भागेका दुई जना युवक पक्राउ, पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ बस्ने २७ वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको प्रहरीको भनाइ

५. नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ५० किलो चाँदीको धनुष भारतको अयोध्यामा राख्ने, अयोध्यामा निर्माणाधीन राममन्दिरमा नेता निधिले ५० किलो चाँदीको धनुषा राख्ने कुरा मिलाउन आज आयोध्या प्रस्थान

६.बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी निर्वाचन आयोगमा दर्ता, बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार नेपाल समाजवादी पार्टी आयोगमा आज दर्ता भइसकेको र चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै दिनेभो निरन्तरता

७. पछिल्लो २४ घण्टामा नेपालमा थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु , यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या पुग्याृ ११ हजार ९६२

८. नेपालको मुख्य प्रवेशद्वार वीरगञ्ज नाकाबाट हुने निर्यात ५० प्रतिशतले वृद्धि , अघिल्लो आर्थिक वर्ष भन्दा ८० अर्ब ४९ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको सामान निर्यात

९. जनमत पार्टीका अध्यक्ष सीके राउत बने ओशो सन्यासी, सन्यासी बन्नका लागि ओशो तपोवन पुगेका राउतले त्यहाँ ९ दिनको गरे ‘मिस्टिक रोज मेडिटेसन’ कोर्ष

१०. भारतमा २४ घण्टामा २० हजारभन्दा बढी कोरोना संक्रमित थपिए, हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पुग्यो चार करोड ३९ लाख ५९ हजार तीन सय २१

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *