
१७ साउन, रौतहट । प्रदेश अनलाइन न्युज
रौतहटमा विभिन्न पाटीै परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेका छन । नेकपा एस रौतहटद्धारा सदरमुकाम गौर स्थित रामजानकी धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधवकुमार नेपालले देशमै आमूल परिवर्तन ल्याउने पार्टी एकिकृत समाजवादी रहेको हुँदा अहिले यस पार्टी प्रति नेपाली जनताहरुको विश्वास बढ्दै गएको समेत बताएका छन ।
नेपालको आमूल परिवर्तनमा नेपाल कम्युनिष्ट पार्टीको भुमिका सराहनीय रहेको र उक्त पार्टीलाई आफूले इमान्दारी एवं निष्ठाको साथ निर्वाह गर्दैै अघि बढेको जिकिर गर्दै व्यक्तिद्धारा पार्टीलाई बदनाम एवं सत्ताको दम्भ देखाएर तहसनहस बनाउदा आफू सहितका बहुँसंख्यकहरु नयाँ पार्टीको रुपमा एकिकृत समाजवादी स्थापना गरे लगतै नेपाली जनताहरुको असिम विश्वास र भरोसा बढ्दै गएकोमा खुशी व्यक्त गरेका छन ।
रौतहटको गौर नगरपालिका सहित विभिन्न पालिकामा टाउन हल, विवाह भवन, सडक, नाला लगायत विभिन्न योजनाहरु करोडौंको लागतमा शहरी विकास मन्त्रालय अन्तर्गतको परियोजनाबाट निर्माण हुने कार्यको शिलान्यास गर्दा केही विरोधी तत्वहरुको विरोध प्रदर्शनबाट आफूलाई कुनै असर नपर्ने स्पष्ट पारेका छन । विरोध गर्नेहरुलाई साफ शब्दमा चेतावनी दिदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेपालले “बाँदर आफनो घर कहिल्यै बनाउदैनन, अरुको घर पनि सुरक्षित रहन दिदैनन्” भने । विकास निर्माणको कार्यमा कसै संग पनि सम्झौता गर्न सकिदैनन्, विकास प्रेमिहरु विकासबाट नडराई, विकास गर्नेलाई साथ दिई जनताको भरोसा जित्नुपर्ने जिकिर गरेका थिए ।
सो पार्टी प्रवेश कार्यक्रममा गौरका चर्चित डाक्टर सोहेल तैयव सहित नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, लोसपा, माओवादी केन्द्र परित्याग गरेर आएका ८०० जना नेता एवं कार्यकर्ताहरुलाई एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फुल माला, अविर लगाएर पार्टीमा स्वागत गर्दै पार्टी प्रति बफादार बनेर संगठनको विस्तारमा लाग्नुपर्ने निर्देशन दिए ।
कार्यक्रममा कल्याणी खड्का, रामकुमार भटराई, डा। बंशीधर मिश्र,
गौर नगरपालिकाको मेयर शम्भु साह, जेष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झा लगायतका पार्टीका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।