१३ बैशाख २०८१, बिहीबार

गौरका नगरप्रमुख साह प्रेस काउन्सिलका केन्द्रिय अध्यक्षबाट सम्मानित

११ भदौँ , गौर । प्रदेश अनलाइन डेस्क ।  गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह काठमाण्डौँमा सम्मानित भएका छन । गौर नगरपालिकाको विकास निर्माणको विशेष रणनिती तैयार गरि सो सम्बन्धमा राजधानी काठमाण्डौँ पुगेका प्रमुख साहलाई आज शनिवार प्रेस काउन्सिलका केन्द्रिय अध्यक्ष वालकृष्ण वस्नेत र नेपाल पत्रकार महासंघ का केन्द्रीय सचिव गोविन्द चौलागाइबाट सम्मान सम्मानित गरिएको छ । सम्मान ग्रहण गर्दै साहले शुभचिन्तकहरुको यश किसिमको माया र स्नेहले जनता प्रती झनै उत्तरदायी भइ कार्य सम्पादन गर्न हौसला प्रदान गर्ने गरेको बताएका छन । बिगत ३ हप्ता देखि नगरप्रमुखको पहलमा संचाचित हुदैँ आएको जनता दरबारमा सार्वजनिक सुनुवाई कार्यक्रम आज स्थगित भएको छ । विभिन्न महात्वाकांक्षी योजनाहरुको सिलसिलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाल सँग विशेष भेटघाट तथा योजनाहरु बारे छलफल गर्न प्रमुख साह राजधानी पुगेका छन । आजको सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएको भन्दै समस्त नगरवासीसंग आफ्नो आधिकारिक फेसबुक पेज मार्फत माफी माग्दै आउदो शनिवार देखि परिस्थिति अनुरुप पुनः कार्यक्रमलाई निरंतरता दिइने जानकारी समेत गराउनु भएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *