
१३ साउन, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क
रौतहटको सदरमुकाम तथा जिल्लाकै सबैभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा ऐतिहासिक कामको थालनी हुन लागेको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहको विकासप्रतिको सक्रियताले जिल्लामा नै चर्चा भइरहेको बेला नगरप्रमुख साहद्वारा पुनः ऐतिहासिक कामको सुरुवात हुन लागेको छ । नगरप्रमुख साहको अथक प्रयास तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपालको विषेश पहलमा गौर नगरपालिकामा करिब २५ करोडको लागतमा टाउन हौलको निर्माण हुन गइरेको छ । गौर नगरपालिका वडा नं. २ मा निर्माण हुन लागेको करिब ५ हजार वर्ग मिटर क्षेत्रफलको उक्त टाउन हौलको शिलान्यास नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमंत्री माधव कुमार नेपाल तथा शहरी विकास मंत्री मेटमणी र्चाैधरी लगायत गणमान्य व्यक्तित्वबाट साउन १६ गते सोमबार बिहान ९ बजे हुने निश्चित भएको नगरप्रमुख साहले जानकारी गराएका छन ।
यसका साथै गौर गौर नगरपालिका वडा नं. ४ मा रहेको हजारी साहको घर देखि बकैया बाँध सम्म सडक तथा नाला निर्माण र मठ देखि बाँध सम्म नाला निर्माणको समेत शिलान्यास सोहि दिन नै हुने भएको छ । यस्तै गौर नगरपालिका वडा नं. ९ मा रहेको ट्रान्सर्फमर चौक देखि मुडवलवा जाने मुरली सडकको शिलान्यास समेत हुने भएको छ । उक्त शिलान्यास कार्यक्रमका तयारीसंगै सम्बन्धित वडाका .वडा अध्यक्षहरु, सहरी विभागका पदाधिकारीहरु तथा नगरप्रमुख साहद्वारा अनुगमन तथा निरिक्षण गरिएको छ । नगरप्रमुख शम्भु साह उक्त शिलान्यास कार्यक्रममा सहभागी हुन सम्पूर्ण नगरवासीलाई अनुरोध गरेका छन ।
नगरप्रमुख शम्भु साहको विकासको गति देखेर नगरबासी खुशी व्यक्त गरेका छन । साथै जिल्ला भरि नै गौर नगरपालिका तथा नगरप्रमुख शम्भु साहको अहिले चर्चा भइरहेको छ ।