२० बैशाख २०८१, बिहीबार

समाचार

बागमती नदीमा वेपत्ता भएका  दुई बालकको शव फेला

बागमती नदीमा वेपत्ता भएका दुई बालकको शव फेला

समाचार, स्थानीय, स्वस्थ्य
३१ असार, रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिका १ बागमती नदीमा वेपत्ता भएका भनिएका बालकहरु मध्ये दुई बालकको शव फेला परेको छ । मृतकहरुको पहिचान भइसकेको छ । ज्ञानोदय ईगलिश बोडिंग स्कूलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गापा ३ मत्सरीका मनोज झाको १३ बर्षिय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासको नाति बर्ष १३ को आदित्य दसको शव फेला परेको हो । दुबै बालक सहित ६ जना हिजो विहिवार योजना बनाएर पाठ्यपुस्तक लिई वागमती नदिमा नुहाउन विहान साढे ७ बजे गएका थिए । केही समयपछि अभिभावक हरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साईकल, चप्पल बागमती किनारबाट बरामद भएपछि हिजो ११ बजे देखिनै गाउपालिका प्रमुखको सक्रियतामा खोजतलास सुरु गरियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानिय बासिन्दाहरु निकै खोजतलास गरेपनि राति हुदा खोज्ने अभियानलाई विश्राम दिईयो । शुक्रबार विहानै देखि खोज्ने अभिया...
रौतहटको मौलापुरको ४० प्रतिशतभन्दा बढी बजेट शिक्षामा लगानी

रौतहटको मौलापुरको ४० प्रतिशतभन्दा बढी बजेट शिक्षामा लगानी

शिक्षा, समाचार, स्थानीय
३० असार, रौतहट । रौतहटको एउटा नगरपालिकाले शिक्षामा ४० प्रतिशतभन्दा बढी बजेट लगानी गरिरहेको देखिएको छ । रौतहटको मौलापुर नगरपालिकाले आफ्नो कुल बजेटको ४० प्रतिशतभन्दा बढी रकम शिक्षा क्षेत्रमा लगानी गर्दै आएको छ । जिल्लाका १८ स्थानीय तहमध्ये सबैभन्दा बढी ४० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने मौलापुर नगरपालिका नै रहेको छ । चालू आर्थिक वर्षमा नगरपालिकाको कुल बजेट ३६ करोड रहेकोमा नगरपालिकाले शिक्षा क्षेत्रमा १४ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । नपाको कुल बजेटको ४०।५८ प्रतिशत बजेट शिक्षा क्षेत्रमा गएको नगरपालिकाका लेखापाल जयप्रकाश महतोले जानकारी गराए । विभिन्न विद्यालयका लागि जग्गा खरीद, भवन निर्माण, भौतिक तथा शैक्षिक सामग्री खरीद, पर्खाल निर्माण, मर्मत तथा रङ्गरोगन, विद्यालयको सौन्दर्यीकरणमा नगरपालिकाले ठूलो लगानी गरेको छ । मौलापुर नगरपालिकाले दर्जनर्ँैं शिक्षक नियुक्त गरेको छ । नगरप...
सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता

सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता

विविध, समाचार, स्वस्थ्य
३० असार, सलार्ही । सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएको छ । ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएपछि ती प्रहरीलाई समातेर प्रहरीले अन्य अनुसन्धानलाई अघि बढाएको छ । सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंहको बरामद भएको लागूऔषधमा संलग्नता देखिएको बताए । बिहीबार लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद भएको छ । उक्त लागूऔषधमा वरिष्ठ हबल्दार सिंहकै संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरू गरिएको बुढाथोकीले बताए । प्रहरी श्रोतका अनुसार सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलका मालिकले उक्...
असारको महिना बितिसक्दा पनि पानी नपर्दा तराईका अधिकांश खेत खेत सुक्न थाले ।

असारको महिना बितिसक्दा पनि पानी नपर्दा तराईका अधिकांश खेत खेत सुक्न थाले ।

विविध, समाचार, समाज
बिनोद निगम / ३० असार / नवलपरासी पश्चिम नवलपरासीमा लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानले रोपाइँ गरेको धान जोगाउन धौधौ परेको छ । सिँचाइको उचित व्यवस्था नभएको नवलपरासीका किसानलाई खेतमा रोपाईं सकेको धान लाई जोगाउन कठिन भएको छ । समयसमयमा पानी नपरेको कारण नवलपरासी जिल्लाको रामग्राम र पाल्हिनन्दन, सरावल र लगायतका किसानले रोपाइँ गरेको धान सुख्न थालेपछि चिन्तामा परेका छन् । नवलपरासीको रामग्रामका स्थानियहरुले भने सिँचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । र यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भइसकेको धानलाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको नवलपरासीका स्थानीयले बताएका छन् ।...
बागमती नदीमा वेपत्ता भएका  बालकहरुको खोजीमा सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित

बागमती नदीमा वेपत्ता भएका बालकहरुको खोजीमा सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित

समाचार, स्थानीय
३० असार, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका १ बागमती नदीमा वेपत्ता भएका भनिएका बालकहरुको खोजीमा सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित भएको छ। बागमती नदीमा निर्माणाधीन पुलको नजिक केही बालबालिकाका लुगा, पाठ्यपुस्तक तथा साइकल बरामद भएपछि बालकहरु नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालित भएका छन्। सामानहरु भेटिएको ठाउँदेखि भारतको सिमानासम्म खोजी कार्य भइरहेको छ। केही गोताखोरहरु पनि परिचालन गरिएका छन्। दुर्गा भगवती गाउँपालिका ३ का वडाध्यक्ष डिके झाले बालकहरु हराएको आशंकामा बागमती नदीको किनार तथा कतिपय अवस्थामा धारसम्म विभिन्न किसिमका जनशक्ति परिचालन भएको बताएका छन्। गाउँपालिका प्रमुख शम्भु सिंहसहितका जनप्रतिनिधि र सुरक्षाकर्मीहरुले सम्भव भएसम्मको उपाय अवलम्बन गरिरहेका छन् तर साँझको ६ बजेसम्म बागमतीको बाढीमा बेपत्ता भएको आशंका गरिएका बा...
नवलपरासीको बडसार बाट लागु औषध सहित ३ जनालाई पक्राउ

नवलपरासीको बडसार बाट लागु औषध सहित ३ जनालाई पक्राउ

विविध, समाचार, समाज
२८ असार, नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासीको सरावल गाउँपालिका वाड नं ६ बडसारबाट लागु(औषध सहित ३ जनालाई पक्राउ गरीएको छ । बिशेष सुचनाको आधारमा आज मङ्गलबार महेशपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीले सरावल ६ बड्सारबाट लागु(औषध उनीहरुलाई पक्राउ गरेको हो । बडसारका पारसनाथ गुप्ताको घरमा बरामद गरीएको लागु औषध प्याकिङ गर्दै गरेको अवस्थामा सोही स्थान बस्ने बर्ष १७ का प्रलाद कहाँर, बर्ष १८ का राजन गुप्ता र बर्ष १५ का कृष्ण मोहन सहानीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिरकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो । उनीहरुको साथबाट बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान बरामद गरीएको हो । उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप ...
बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

बलात्कार मुद्दामा हदम्याद बढ्यो, झुटो उजुरी दिनेलाई सजाय नहुने

राजनीति, शिक्षा, समाचार, समाज
२८ असार, काठमाण्डौँ । प्रतिनिधिसभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय हदम्याद बढाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित प्रावधानमा हेरफेर गरेको छ । यौन हिंसा र बलात्कारजन्य घटना भएको खण्डमा नाबालकको हकमा बालिग भएपछि एक वर्षभित्र उजुरी दिनुपर्ने अन्यथा मुद्दा नलाग्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले उजुरी गर्न पाउने समय एक वर्ष थपेको छ । पारित विधेयक अनुसार अब नाबालकको हकमा यौन हिंसा र बलात्कार जन्य घटना भएको भए १८ वर्ष पुगेपछि ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने हुन्छ । यस्तै, बालिगको हकमा हिंसा बलात्कार भएको एक वर्ष भित्र उजुरी गरिसक्नुपर्ने पर्ने प्रचलित व्यवस्था छ । यसलाई बदलेर प्रतिनिधिसभाले घटना भएको २ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था राखेको छ । यस्तै, थु...
नवलपरासी बर्दघाट प्रहरीले २२ वाट अबैध खसी,बोका पक्राउ

नवलपरासी बर्दघाट प्रहरीले २२ वाट अबैध खसी,बोका पक्राउ

विविध, समाचार
२८ असार, नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासीको बर्दघाट ईलाका प्रहरी कार्यालयले खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं ४ त्रिवेणी चोकमा बाट भन्सार छलि ल्याएका वेवारिसे अवस्थामा रहेको २२ वटा खसी(बोका महेशपुर भन्सार चलान गरिएको छ। सोमबार राति करिब १२ बजेको समयमा वेवारिसे अवस्थामा रहेको २२ वटा खसीबोका वेवारिसे अवस्थामा फेला परेकाले आवस्यक कारवाहिकालागि भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले जानकारी दिए । भन्सार चलान गर्दा प्रति बाख्रा ७ हजारका दरले १ लाख ५४ हजार मुल्य तोकिएको जानकारी शाहिले जनाए...
विद्युत शर्ट भएर रौतहटको देवाही गोनाहीमा आगलागी, लाखौको सामान जलेर नष्ट

विद्युत शर्ट भएर रौतहटको देवाही गोनाहीमा आगलागी, लाखौको सामान जलेर नष्ट

समाचार, स्थानीय, स्वस्थ्य
२८ असार, रौतहट । प्रदेश अनलाइन न्युज रौतहटमा विद्युत शर्ट भएर आगलागी हुँदा लाखौको क्षति भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच निवासी बिरेन्द्र महतोको घरमा आगलागी भएको छ । विद्युत शर्ट भइ भएको आगलागीमा करिब ६ लाख ८० हजार बराबरको मालसमान जलेर नष्ट भएको छ । आगलागीमा तीन ओटा फुसको घर, धान, चामल, टिभी लगायत विद्युतीय उपकरणहरु, खानेकुराका सामग्रीहरु तथा घरमा भएका फर्निचरहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । थप विवरण आउन बाँकी रहेको छ । ...
वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा नवलपरासीको सरावल गा.पा. वडा ५ को वार्ड कार्यालय घेराउ

वडाध्यक्ष आफ्नो मान्छेको सिफारिस गरेकोमा नवलपरासीको सरावल गा.पा. वडा ५ को वार्ड कार्यालय घेराउ

राजनीति, समाचार, समाज
२७ असार, कृष्ण गिरी । नवलपरासी पश्चिम नवलपरासीको सरावल गाउपालिका वार्ड नम्बर ५ को वार्ड कार्यालय मा स्थानियबासिले सोमबार हिजो प्रदर्सन गरेका छ्न । गत बर्ष कोरोना बाट प्रभावित को लागि राहत दिने सरकार को निर्णय अनुसार पालिका ले प्रभावित ब्याक्ती को वितरण संकलन गर्दा वार्डले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाइ बेवस्ता न गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वार्ड को सबै सेवा प्रभावित हुनेगरी हिजो आक्रोशित गरेको स्थानिय बासिहरुले बताएका छ्न । राहत वितरणमा वार्डले आफ्ना मान्छेको नाम सिफारिस गरेको परिवारको नाम सिफारिस गरेको र एकै परिवारका दुईजना सम्मको नाम सिफारिस गरि गाउपालिकामा पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोशीत भएका हुन । वार्डले जति पनि नाम सिफारिस गरिएको छ ती सबैको छानबिन गरि वास्तविक प्रभावित परिवार लाइ छनौट नगरेसम्म वार्डम...