४ जेष्ठ २०८१, शुक्रबार

समाचार

मधेश प्रदेशमा फेरि कोरोना संक्रितको संख्या बढ्दै

मधेश प्रदेशमा फेरि कोरोना संक्रितको संख्या बढ्दै

समाचार, स्थानीय, स्वस्थ्य
३ साउन, रौतहट । अहिले देशमा नै पुनः कोरोना संक्रमित हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मधेश प्रदेशमा कोरोना संक्रमतिको नयाँ शेस शुन्य जस्तै देखिएपनि श्रावणको पहिलो सप्ताहमै कोरोना संक्रमितको संख्यामा वृद्धि देखिएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जना कोरोना संक्रिम पाईएको छ । यो सँगै मधेश प्रदेशमा एक्टीभ कोरोना पोजेटिभको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको २३ जनाको शंकास्पद व्यक्तिको गरेको स्वाव परिक्षणमा ४ जनामा कोरोना पोजेटिभ पाईएको निर्देशनालायले जनाएको छ । त्यसैगरि, पर्साको विरगंज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परिक्षण गर्दा कुनैपनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको निर्देशानालयले जनाएको...
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गरिने

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गरिने

राजनीति, समाचार
३ साउन, काठमाडौँ । सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विज्ञ टोली गठन गर्ने भएको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिस अनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लौजाने तयारी गरेको जानकारी दिए । उनले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यक्ता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश अनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताए । मन्त्री श्रेष्ठले विज्ञ ट...
राजनेतिककरण र अनुसासनहिन काम  गरेको भन्दै रौतहटमा एक निजि श्रोतको शिक्षकलाई खारेज

राजनेतिककरण र अनुसासनहिन काम गरेको भन्दै रौतहटमा एक निजि श्रोतको शिक्षकलाई खारेज

राजनीति, शिक्षा, समाचार, स्थानीय
३ साउन, रौतहट । रामशरण यादव शिक्षण पेशामा आबद्ध रहँदै आएका माबि सितलपुरका करार शिक्षक राजकुमार यादवलाई वडा कार्यालय र बिधालय ब्यवासथपन समितिले खारेज गरिएको छ। फतुवा विजयपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय यादव र माबि सितलपुर बिधालय ब्य्वास्थपन समितिका अध्यक्ष दिपेन्द्र यादव संयुक्त रुपमा बिज्ञप्ति जारि गर्दै यादवलाई खारेज गरेका हुन् । उक्त हस्तारिक्ष बिज्ञप्तिमा लेखिएका छन् फतुवा विजयपुर नगरपालिका वडा न २ समितिको मिति २० ७९ साउन १ गते को बैठको निर्णय अनुसार श्री माबि सितलपुरमा निजि श्रोत नि मा बि करारमा नियुक्ति लिई कार्यरत शिक्षक राजकुमार यादवले बिधालयमा राजनेतिककारण गरि बिधालयको बाताबरण उथलपुथल गरेको र बिधालय संचालनको समयमा आफना घन्टी छोडी कुर्सीमा मस्त निन्द्रामा सुति अनुसासनहिन काम गरि सरकारी बिधालय प्रतिको अभिभावकहरुको बिस्वास समेत गुमेकोले र सो अनुशासनहीन ख...
पानी पर्ने विश्वासमा सरावल गाउँपालिकाका जनप्रतिनिधलाई बाँधेर मन्दिर लैजादै किसानहरू।

पानी पर्ने विश्वासमा सरावल गाउँपालिकाका जनप्रतिनिधलाई बाँधेर मन्दिर लैजादै किसानहरू।

शिक्षा, समाचार, समाज, स्थानीय
२ साउन, नवलपरासी । विनोद निगम तराईका विभिन्न भुभागमा लामो समयदेखि पानी नपरेकोले खडेरीका कारण आजित बनेका किसानहरु पानी पराउने आशमा विभिन्न नितिनियम पालना गरिरहेका छन । तराईका केही जिल्लामा देबि देवता भएको मन्दिर बाध्ने , आफु आफुमा हिलो र पानी छर्किने , भजन कृतन गर्ने , भक्ति अराधना गर्ने र महिलाहरु जागरन बस्ने लगाएतका क्रियाकलाप गरिरहेका छन । त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन् । लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्। पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।...
गौरमा आगलागीबाट ४ जनाको घर जलेर नष्ट, नगरप्रमुख साह द्वारा पिडित प्रति परिवारलाई २० हजारको दरले राहत दिने घोषणा

गौरमा आगलागीबाट ४ जनाको घर जलेर नष्ट, नगरप्रमुख साह द्वारा पिडित प्रति परिवारलाई २० हजारको दरले राहत दिने घोषणा

समाचार, समाज, स्थानीय
२ साउन , रौतहट । सावन यादव रौतहटको गौर नगरपालिकाको वडा नम्बर ४ टिकुलियामा आज भएको आगलागीको घटनामा ४ वटा कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । खाना पकाउने सिलेन्डर बाट सल्केको आगोले स्थानीय वकिल चन्द्रवन्शी, ढोरा चन्द्रवन्शी, मलक चन्द्रवन्शी र ललन चन्द्रवन्शीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट लाखौको सम्पति जलेर नष्ट भएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाई आगलागी बारे जानकारी प्राप्त हुना साथ गौर नगरपालिकाको वारुण यन्त्र लाइ मेयर साहले घटनास्थल तर्फ पठाएका थिए भने सो गए लगतै मेयर साह आफू स्वयं घटना स्थल पुगि घटना बारे समग्र जानकारी लिएका छन । आगलागीको घटना भए लग्तै पुगेको गौर नगरपालिकाको वारुण यन्त्रको सहयोगले गर्दा समयमै आगो नियन्त्रण भएकोले थप क्षती हुन बाट जोगिएको स्थानीयहरुको भनाइ रहेको छ । घटना स्थलमा वडा नं. ४ का वडाध्यक्ष संजय गिरी सहित गौर नगरपालिका का...
रौतहटमा १९२ किलो गाँजा सहित भारतीय स्कारपियो सशस्त्र प्रहरीको नियन्त्रमा

रौतहटमा १९२ किलो गाँजा सहित भारतीय स्कारपियो सशस्त्र प्रहरीको नियन्त्रमा

विविध, समाचार, स्थानीय
२ साउन, रौतहट । रौतहटमा १ सय ९२ किलो गाँजा सहित एउटा भारतीय नम्बरको गाडी पक्राउ परेको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ६ कुडियाबाट सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा सहित भारतीय नम्बरको स्कारपियो नियन्त्रणमा लिएको छ । राजपुर नगरपालिकाको कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरि नियन्त्रणमा लिएको छ । गाडीमा १३ वटा पोकामा प्रतिपोका १४ केजी ८०० ग्रामको दरले १ सय ९२ केजी ४ं गाँजा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले नियन्त्रणमा लिएको सवारी साधन र बरामद भएको गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।...
गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी  प्राविधिक पक्षको कार्यको शुरूवात

गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी प्राविधिक पक्षको कार्यको शुरूवात

राजनीति, समाचार, समाज, स्थानीय
०१ साउन, रौतहट । गएको साता गृहनगर आएका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल र गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह सहितको जनप्रतिनिधिहरु बिच गौर नगरपालिकाको समग्र विकासका लागी तैयार भएको रणनीति र योजनाहरु अन्तर्गत गौर नगरको ढल निकासको दीर्घकालीन समाधानको लागी आज बाट प्राविधिक पक्षको कार्यको शुरूवात भएको छ । ढलको समस्या समाधानका लागी प्रारम्भिक चरणमा drain & sewerage at gaur municipality प्रोजेक्ट अन्तर्गत सो कार्यको डिपिआर गर्नु पर्ने भएको हुदा सिईएमसी बाट आएका इन्जिनियर अजित कर्ण सहितको टिमका साथ गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गौर नगरपालिकाको विभिन्न क्षेत्रको अनुगमन गरेका छन । नगरप्रमुख शम्भु साहको विशेष पहलमा सो परियोजनाको लागी सर्वे गर्न आएको सो समुहका इन्जिनियर अजित कर्णका अनुसार डिपिआर गर्न करिब एक महिना लाग्ने छ । ढल निकासका लागी शुरु हुने drain & sewerage at g...
निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा पुरा गर्दै नगरप्रमुख साह

निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा पुरा गर्दै नगरप्रमुख साह

समाचार, समाज, स्थानीय
०१ साउन , रौतहट । विगत ३ वर्ष देखि खानेपानी संस्थान गौरले प्रयास गरेपनी वडा नम्बर ९ सिर्सिया मा रहेको खानेपानी परियोजना को पानीलाई गौर नगर क्षेत्रमा ल्याउन सकिएको थिएन । तर गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह ज्युले निर्वाचनको क्रममा आफ्नो घोषणा पत्रमा उल्लेख गरेको वाचा ” हर घर धारा ” अनुरुप को अवधारणालाई कार्यान्वयनमा ल्याउन गौर नगरपालिकाको वडा नम्बर ९ मा रहेको खानेपानी संस्थानको पानीलाई गौर नगरक्षेत्रमा संचालन रहेको खानेपानीमा गाभेर अब गौर नगर क्षेत्रमा खानेपानीको वितरणमा देखिएको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पहिलो पाइला अगाडि बढाएका छन । वडा नम्बर ९ का वडा अध्यक्ष अर्जुन सिंहको महत्त्वपूर्ण सहकार्य र सहयोगको परिणाम स्वरुप नगरप्रमुख साहले सो वडामा रहेको खानेपानी ट्यान्कीको पानी गौर भित्रीयाउन आवश्यक निर्माणको कामहरु अगाडि बढाएका छन । सो काम सम्पन्न भए लग्तै अब गौर न...
नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण विश्व बैंकद्वारा स्वीकृत

नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण विश्व बैंकद्वारा स्वीकृत

अन्तर्राष्ट्रिय, विविध, समाचार
३१ असार, काठमाडौं । विश्व बैंकले नेपालका लागि एक सय मिलियन डलर अर्थात नेपाली पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले उक्त ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट ९९जीआरआईडी० का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड(१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताएका छन् । उनका अनुसार यो ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने भएको छ । यी क...
श्रोत नखुलेको ५ लाख रकम सहित भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको ५ लाख रकम सहित भारतीय नागरिक पक्राउ

राजनीति, समाचार, समाज, स्थानीय
३१ असार, सलार्ही । सर्लाहीबाट पाँच लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उक्त रकमको श्रोत नखुलेको कारण भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर छन् । बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार ठाकुरले लगाएको हेलमेटको भित्र लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली ५ लाख ११ हजार ५ सय र भारु ५ हजार बरामद भएको छ । बरामद भएको रकमसहित पक्राउ परेका ठाकुरको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।...