
२ साउन , रौतहट । सावन यादव
रौतहटको गौर नगरपालिकाको वडा नम्बर ४ टिकुलियामा आज भएको आगलागीको घटनामा ४ वटा कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । खाना पकाउने सिलेन्डर बाट सल्केको आगोले स्थानीय वकिल चन्द्रवन्शी, ढोरा चन्द्रवन्शी, मलक चन्द्रवन्शी र ललन चन्द्रवन्शीको घर जलेर पुर्ण रुपमा नष्ट भएको छ ।
आगलागीबाट लाखौको सम्पति जलेर नष्ट भएको छ । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाई आगलागी बारे जानकारी प्राप्त हुना साथ गौर नगरपालिकाको वारुण यन्त्र लाइ मेयर साहले घटनास्थल तर्फ पठाएका थिए भने सो गए लगतै मेयर साह आफू स्वयं घटना स्थल पुगि घटना बारे समग्र जानकारी लिएका छन । आगलागीको घटना भए लग्तै पुगेको गौर नगरपालिकाको वारुण यन्त्रको सहयोगले गर्दा समयमै आगो नियन्त्रण भएकोले थप क्षती हुन बाट जोगिएको स्थानीयहरुको भनाइ रहेको छ । घटना स्थलमा वडा नं. ४ का वडाध्यक्ष संजय गिरी सहित गौर नगरपालिका का नगर प्रमुख शम्भु साह उपस्थित रही उद्दार कार्यमा खटिएका सबैको हौसला बढाउएका छन । घटनास्थल पुगेका नगर प्रमुख साहले घटनास्थलको अवस्था हेर्दा एकदमै दुख लागेको भन्दै पिडित परिवारलाइ तत्काल प्रती परिवार नगद २० हजार र राहत सामग्री उपलब्ध गराइने जानकारी दिएका छन । साथै बिपदको यस घडीमा पीडित परिवारलाई हर सम्भव सहयोग उपलब्ध गराउने नगर प्रमुख साहले प्रतिवद्धता व्यक्त गरेका छन ।