१५ चैत्र २०८०, बिहीबार

रौतहटमा १९२ किलो गाँजा सहित भारतीय स्कारपियो सशस्त्र प्रहरीको नियन्त्रमा

२ साउन, रौतहट । रौतहटमा १ सय ९२ किलो गाँजा सहित एउटा भारतीय नम्बरको गाडी पक्राउ परेको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ६ कुडियाबाट सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा सहित भारतीय नम्बरको स्कारपियो नियन्त्रणमा लिएको छ ।

राजपुर नगरपालिकाको कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर डिएल सिएनबी ६२२९ नम्बरको स्कारपियो गाडीबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरि नियन्त्रणमा लिएको छ । गाडीमा १३ वटा पोकामा प्रतिपोका १४ केजी ८०० ग्रामको दरले १ सय ९२ केजी ४ं गाँजा फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ ।विशेष सूचनाका आधारमा खटिएको सुरक्षा टोलीले नियन्त्रणमा लिएको सवारी साधन र बरामद भएको गाँजालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले जनाएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *