१४ चैत्र २०७९, मंगलवार

पानी पर्ने विश्वासमा सरावल गाउँपालिकाका जनप्रतिनिधलाई बाँधेर मन्दिर लैजादै किसानहरू।

468

२ साउन, नवलपरासी । विनोद निगम
तराईका विभिन्न भुभागमा लामो समयदेखि पानी नपरेकोले खडेरीका कारण आजित बनेका किसानहरु पानी पराउने आशमा विभिन्न नितिनियम पालना गरिरहेका छन ।

तराईका केही जिल्लामा देबि देवता भएको मन्दिर बाध्ने , आफु आफुमा हिलो र पानी छर्किने , भजन कृतन गर्ने , भक्ति अराधना गर्ने र महिलाहरु जागरन बस्ने लगाएतका क्रियाकलाप गरिरहेका छन ।

त्यस्तै पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन् । लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्।

पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0