१४ चैत्र २०७९, मंगलवार

नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण विश्व बैंकद्वारा स्वीकृत

85

३१ असार, काठमाडौं । विश्व बैंकले नेपालका लागि एक सय मिलियन डलर अर्थात नेपाली पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले उक्त ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्ट ९९जीआरआईडी० का तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड(१९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताएका छन् । उनका अनुसार यो ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने भएको छ । यी कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरिबी निवारणमा सहयोग पुग्ने विश्व बैंकको भनाइ छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0