
२८ असार, नवलपरासी । बिनोद निगम
पश्चिम नवलपरासीको बर्दघाट ईलाका प्रहरी कार्यालयले खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं ४ त्रिवेणी चोकमा बाट भन्सार छलि ल्याएका वेवारिसे अवस्थामा रहेको २२ वटा खसी(बोका महेशपुर भन्सार चलान गरिएको छ।
सोमबार राति करिब १२ बजेको समयमा वेवारिसे अवस्थामा रहेको २२ वटा खसीबोका वेवारिसे अवस्थामा फेला परेकाले आवस्यक कारवाहिकालागि भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले जानकारी दिए ।
भन्सार चलान गर्दा प्रति बाख्रा ७ हजारका दरले १ लाख ५४ हजार मुल्य तोकिएको जानकारी शाहिले जनाए