१८ चैत्र २०७९, शनिबार

बागमती नदीमा वेपत्ता भएका बालकहरुको खोजीमा सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित

288

३० असार, रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका १ बागमती नदीमा वेपत्ता भएका भनिएका बालकहरुको खोजीमा सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित भएको छ।

बागमती नदीमा निर्माणाधीन पुलको नजिक केही बालबालिकाका लुगा, पाठ्यपुस्तक तथा साइकल बरामद भएपछि बालकहरु नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालित भएका छन्।

सामानहरु भेटिएको ठाउँदेखि भारतको सिमानासम्म खोजी कार्य भइरहेको छ। केही गोताखोरहरु पनि परिचालन गरिएका छन्।

दुर्गा भगवती गाउँपालिका ३ का वडाध्यक्ष डिके झाले बालकहरु हराएको आशंकामा बागमती नदीको किनार तथा कतिपय अवस्थामा धारसम्म विभिन्न किसिमका जनशक्ति परिचालन भएको बताएका छन्। गाउँपालिका प्रमुख शम्भु सिंहसहितका जनप्रतिनिधि र सुरक्षाकर्मीहरुले सम्भव भएसम्मको उपाय अवलम्बन गरिरहेका छन् तर साँझको ६ बजेसम्म बागमतीको बाढीमा बेपत्ता भएको आशंका गरिएका बालकहरुको विषयमा कुनै सफलता प्राप्त हुन सकेको वडाध्यक्ष झा बताउँछन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख विनोद घिमिरेले आफू पनि घटनास्थल पुगेको र कुनै सुराक नभेटिएको बताउँदै खोजी कार्य जारी रहेको बताएका छन्। बेपत्ता भएका भनिएका चार बालकको बारेमा खासै केही जानकारी नआएको प्रहरी प्रमुख घिमिरेको भनाइ छ।

हराएका भनिएका बालकहरुको खोजी साँझ पर्दै जाँदा झन् अप्ठ्यारो हुँदै गएको गाउँपालिका अध्यक्ष शम्भु सिंहले जानकारी गराएका छन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0