
२८ असार, रौतहट । प्रदेश अनलाइन न्युज
रौतहटमा विद्युत शर्ट भएर आगलागी हुँदा लाखौको क्षति भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच निवासी बिरेन्द्र महतोको घरमा आगलागी भएको छ । विद्युत शर्ट भइ भएको आगलागीमा करिब ६ लाख ८० हजार बराबरको मालसमान जलेर नष्ट भएको छ । आगलागीमा तीन ओटा फुसको घर, धान, चामल, टिभी लगायत विद्युतीय उपकरणहरु, खानेकुराका सामग्रीहरु तथा घरमा भएका फर्निचरहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । थप विवरण आउन बाँकी रहेको छ ।