५ जेष्ठ २०८१, शनिबार

नवलपरासीको बडसार बाट लागु औषध सहित ३ जनालाई पक्राउ

२८ असार, नवलपरासी । बिनोद निगम
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वाड नं ६ बडसारबाट लागु(औषध सहित ३ जनालाई पक्राउ गरीएको छ ।

बिशेष सुचनाको आधारमा आज मङ्गलबार महेशपुर ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सहित खटिएको प्रहरी टोलीले सरावल ६ बड्सारबाट लागु(औषध उनीहरुलाई पक्राउ गरेको हो ।

बडसारका पारसनाथ गुप्ताको घरमा बरामद गरीएको लागु औषध प्याकिङ गर्दै गरेको अवस्थामा सोही स्थान बस्ने बर्ष १७ का प्रलाद कहाँर, बर्ष १८ का राजन गुप्ता र बर्ष १५ का कृष्ण मोहन सहानीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुचना अधिरकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान बरामद गरीएको हो । उनीहरु विरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *