
बिनोद निगम / ३० असार / नवलपरासी
पश्चिम नवलपरासीमा लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानले रोपाइँ गरेको धान जोगाउन धौधौ परेको छ । सिँचाइको उचित व्यवस्था नभएको नवलपरासीका किसानलाई खेतमा रोपाईं सकेको धान लाई जोगाउन कठिन भएको छ ।
समयसमयमा पानी नपरेको कारण नवलपरासी जिल्लाको रामग्राम र पाल्हिनन्दन, सरावल र लगायतका किसानले रोपाइँ गरेको धान सुख्न थालेपछि चिन्तामा परेका छन् ।
नवलपरासीको रामग्रामका स्थानियहरुले भने सिँचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । र यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा रोपाईं भइसकेको धानलाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको नवलपरासीका स्थानीयले बताएका छन् ।