७ बैशाख २०८१, शुक्रबार

सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता

३० असार, सलार्ही । सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएको छ । ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएपछि ती प्रहरीलाई समातेर प्रहरीले अन्य अनुसन्धानलाई अघि बढाएको छ ।
सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंहको बरामद भएको लागूऔषधमा संलग्नता देखिएको बताए । बिहीबार लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद भएको छ । उक्त लागूऔषधमा वरिष्ठ हबल्दार सिंहकै संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरू गरिएको बुढाथोकीले बताए ।
प्रहरी श्रोतका अनुसार सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलका मालिकले उक्त बोरा लैजान दबाब दिएपछि उखुबारीमा लुकाएका थिए

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *