१२ बैशाख २०८१, बुधबार

बागमती नदीमा वेपत्ता भएका दुई बालकको शव फेला

३१ असार, रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिका १ बागमती नदीमा वेपत्ता भएका भनिएका बालकहरु मध्ये दुई बालकको शव फेला परेको छ । मृतकहरुको पहिचान भइसकेको छ । ज्ञानोदय ईगलिश बोडिंग स्कूलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गापा ३ मत्सरीका मनोज झाको १३ बर्षिय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासको नाति बर्ष १३ को आदित्य दसको शव फेला परेको हो ।
दुबै बालक सहित ६ जना हिजो विहिवार योजना बनाएर पाठ्यपुस्तक लिई वागमती नदिमा नुहाउन विहान साढे ७ बजे गएका थिए । केही समयपछि अभिभावक हरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साईकल, चप्पल बागमती किनारबाट बरामद भएपछि हिजो ११ बजे देखिनै गाउपालिका प्रमुखको सक्रियतामा खोजतलास सुरु गरियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानिय बासिन्दाहरु निकै खोजतलास गरेपनि राति हुदा खोज्ने अभियानलाई विश्राम दिईयो ।
शुक्रबार विहानै देखि खोज्ने अभियान अन्तर्गत दुर्गा भगवतिकै वडा नम्बर ३ देखि दक्षिणमा बालक दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुलको पाया बालक झाको शव बरामद भएको वडा नम्बर ३ मत्सरीका अध्यक्ष डिके झाले बताए

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *