१७ बैशाख २०८१, सोमबार

स्वस्थ्य

गौरमा भएको आगलगीमा घाइते  बालकको उपचारको क्रममा मृत्यु

गौरमा भएको आगलगीमा घाइते बालकको उपचारको क्रममा मृत्यु

समाचार, समाज, स्थानीय, स्वस्थ्य
२२ मंसिर, रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ माईस्थान नजिक रहेको इश्लाम सिरक डासना उद्योगमा भएको भीषण आगलगीमा परी गंभीर रुपमा जलेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । मङ्सिर ४ मा संपन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौतहट क्षेत्र नम्बर १ को मतगणना परिणाम सार्वजानिक हुनु भन्दा पूर्व मङ्सिर ७ गते राति करीब १२ बजेको समयमा भएको भीषण आगलगीमा परी घाइते भएका मोहमद इश्लाम मन्सुरिको ८ बर्षीय अरमान मन्सुरिको मंगलवार राति काठमाण्डू स्थित कीर्तिपुर मोडेल हा‘स्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । १ लाख ५० हजार रुपैया उपचारमा खर्च भएको र १ लाख ५ हजार रुपैया बाकी रहेको हुदा मृतक छोराको शव अस्पतालले दिन नमानेकोले पछि भुक्तान गर्ने गरी कागज बनाए पछि विहिवार शव दिएको मृतकका बूबा इश्लाम मंसूरीले बताएका छन । आर्थिक अवस्था नाजुक भएको र कोही कत्तई बाट सहयोग नपाएक...
गौर ८ पुरेनवामा फगिंग टोली माथि आक्रमण, एक जना घाईते

गौर ८ पुरेनवामा फगिंग टोली माथि आक्रमण, एक जना घाईते

राजनीति, समाचार, स्थानीय, स्वस्थ्य
१६ मंसिर, रौतहट । गौर नगरपालिका वडा नं. ८ पुरेनवामा गएराती लामखुट्टे बिरुद्ध फगिंग गर्न गएका गौर नगरपालिकाका डाफे माथि धुवांको आडमा ढुंगा मुढा प्रहार भएको छ । बालबालिका सहित अराजक तत्वहरुको क्रुरतामा ढुंगा मुढा प्रहार हुँदा घटनामा परी प्राविधिक मुकेश साह गम्भीर घाईते भएको छ भने अन्यलाई सामान्य चोट पटक लागेको छ । घाईते साहको कान नजिक फुटेको र तीन वटा स्टिच लगाईएको नगरपालिकाले जनाएको छ । गौर ८ पुरेनवा आंखा अस्पताल हुदै फगिंग गर्दै बढेका टोली माथि एक्कासी प्रहार भएको थियो । वडामा सकृय विकास बिरोधी तत्वहरुको उस्काहटमा घटना घटाईएको प्रारम्भिक अनुमान रहेको छ । घटनाको सुचना लगतै नगर प्रमुख शम्भु साह ले प्रहरीलाई अनुसंधान गरी कार्यवाही बढाउन मांग गर्नु भएको छ । साथै नगरमा फोहर राजनीति नगर्न विपक्षीसँग आग्रह समेत गरेका छन ।...
गौरका मेयर साहद्वारा परिवार नियोजन शिविरको अनुगमन

गौरका मेयर साहद्वारा परिवार नियोजन शिविरको अनुगमन

विविध, समाचार, समाज, स्थानीय, स्वस्थ्य
५ मंसिर, रौतहट । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले परिवार नियोजन शिविरको विहिवार अनुगमन गर्नु भएको छ । स्वास्थ्य कार्यालय रौतहटको आयोजना तथा सुनौलो नेपालको आर्थिक सहयोगमा सन्चालित भ्याकसोटोमी तथा मिनील्याप अपरेसन शिविरको गौर नगरपालिका वडा नम्बर ६ मा अनुगमन गर्नु भयो । सो अवसरमा वडा अध्यक्ष साह , गौर नगरपालिकाका स्वास्थ्य संयोजक प्रमोद यादव लगायतका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । नगर प्रमुख साहले घुम्ति शिविरको हाल सम्मको प्रगति बारे जानकारी लिदै परिवार नियोजन शिबिरको लाभ लिन जनसमुदाय संग अनुरोध गर्नु भयो । शिबिर २०७९ मंसिर १५ गते देखि १६ गते सम्म भैरहेको छ ।...
पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु

पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु

विविध, समाचार, स्थानीय, स्वस्थ्य
०५ कार्तिक, पर्सा । पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं।५ डुमरवाना घर भएका ३१ वर्षीय रमेश महरा छन् । उनी पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत थिए । कामिनीकली नामक हात्तीलाई चराएर शुक्रबार दिउँसो सवा ३ बजेतिर ठोरी गाउँपालिका सुवर्णपुरस्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको थियो । उनको मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा अपरान्ह साढे ४ बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

राजनीति, विविध, शिक्षा, समाचार, स्वस्थ्य
०१ कार्तिक । प्रदेश अनलाइन न्युज डेस्क । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।...
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बस बारामा दुर्घटना , मृत्यु हुनेको संख्या  पुग्यो १६

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बस बारामा दुर्घटना , मृत्यु हुनेको संख्या पुग्यो १६

विविध, समाचार, समाज, स्वस्थ्य
२० असोज । बारा । बारामा आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६(००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो वानपुर । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।मृतक सबैको सनाखत हुन बाँकी छ । इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।...
एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

विविध, शिक्षा, समाचार, समाज, स्थानीय, स्वस्थ्य
२८ भदौँ । गौर । प्रदेश अनलाइन न्युज ५८ औँ राष्ट्रिय बाल दिवस – २०७९ को उपलक्ष्यमा एस. आर. आर. मिडिया नेपाल प्रा. लि. द्वारा आयोजित हाम्रो आधार ः शिक्षा र स्वास्थ्यमा आमूल सुधार भन्ने शिर्षकमा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको उपाधि गौर नगरपालिका वडा नं. ५ स्थित इन्टरनेशनल बाल एकेडमी (आइ. बि.ए.) ले जितेका छन । उक्त मिडिया कम्पनीका प्रवर्धक निर्देशक सावन यादवको अध्यक्षतामा सम्पन्न सो वक्तृत्वकला प्रतियोगिताको प्रमुख आतिथ्य गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका थिए । प्रतियोगिता कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल पत्राकार महासँघ रौतहटका पूर्व जिल्ला अध्यक्ष तथा नेपाल टिभीका वरिष्ट पत्राकार शैलेन्द्र गुप्ता , अतिथिका रुपमा ज्येष्ठ नागरिक समाजका अगुवा विजय झा, समाजसेवी ललन यादव , पत्राकार राकेश यादव तथा एस आर आर मिडियाका सम्पादक राजेश यादव गरेका थिए । गौर नगरपालिका भित्रका ९ वटा साम...
रौतहटमा चट्याङ लागेर एकै परिवारको ३ महिलाको मृत्युु

रौतहटमा चट्याङ लागेर एकै परिवारको ३ महिलाको मृत्युु

समाचार, समाज, स्थानीय, स्वस्थ्य
१४ भदौ , रौतहट । संजय सहनी । रौतहटको गरुडा नगरपालिका मलाहिटोलमा चट्याङ लागेर एकै परिवारको ३ जना महिलाको मृत्युु भएको छ । चट्याङ लाग्दा गरुडा नगरपालिका ३ बस्ने रुपनरायाण सहनिको ३९ बर्षिय श्रीमती सुदनिया देवि , छोरी बर्ष १७ कि जगिया कुमारी र सोहि स्थान बस्ने सत्य नारायण सहनीकि छोरी बर्ष १८ कि मनिषा कुमारीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ। स्थानीयका अनुसार मृतकहरु स्थानिय सरोज सहनीको धान खेतमा काम गर्दै थियो । मंगलवार बिहान करिब ८ बजेको समयमा एक्कासि चट्याङ खस्दा यस्तो घटना भएको छ । चट्याङ लागेर गम्भीर घाईते भएकी सबैलाई गरुडा स्थित सिटि हस्पिटलमा ल्याईएको थियो । तर होस्पीटलले तिनै जनालाई मृत घोषणा गरिएको छ। चट्याङ खस्दा साथ मै काम गरिरहेकी स्थानीय सत्य नारायण सहनी कै श्रीमती बर्ष ४० कि सहेली देवि घाईते भएकी छिन।उनको उपचार भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।...
मधेसमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता , ६० बिगहाको गाँजाखेती नष्ट

मधेसमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता , ६० बिगहाको गाँजाखेती नष्ट

विविध, समाचार, समाज, स्वस्थ्य
१५ साउन, प्रदेश अनलाइ न्युज । देशमा नै सबैभन्दा बढी गाँजा खेती मधेश प्रदेशमा हुने गर्दछ । मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा आर्थिक बर्ष २०७८र०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो । गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले बताए । त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ । गांजा लगायत लागूऔषध कारोबारमा संलग्न एकसय ७३ जना लाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै उनीहरुले प्रयोग गरेको ३५ थान सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । २०७८ साउन देखि गत साउन मसान्तसम्म मधेस प्रदेशक...
वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषध सहित एक युवक पक्राउ, भारतीय कार प्रहरीको नियन्त्रणमा

वीरगञ्जबाट ठूलो मात्रामा लागुऔषध सहित एक युवक पक्राउ, भारतीय कार प्रहरीको नियन्त्रणमा

विविध, समाचार, स्थानीय, स्वस्थ्य
७ साउन, वीरगञ्ज । पर्साको वीरगञ्ज नगरपालिकाबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र एउटा कार नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगर १६ रजतजयन्ती चोकस्थित सडकबाट वडानम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ पौने ९ बजेको समयमा बीआर०वाई८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो । चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद गरेको जनाएको छ । पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।  ...