१८ चैत्र २०७९, शनिबार

रौतहटमा चट्याङ लागेर एकै परिवारको ३ महिलाको मृत्युु

105

१४ भदौ , रौतहट । संजय सहनी । रौतहटको गरुडा नगरपालिका मलाहिटोलमा चट्याङ लागेर एकै परिवारको ३ जना महिलाको मृत्युु भएको छ ।
चट्याङ लाग्दा गरुडा नगरपालिका ३ बस्ने रुपनरायाण सहनिको ३९ बर्षिय श्रीमती सुदनिया देवि , छोरी बर्ष १७ कि जगिया कुमारी र सोहि स्थान बस्ने सत्य नारायण सहनीकि छोरी बर्ष १८ कि मनिषा कुमारीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार मृतकहरु स्थानिय सरोज सहनीको धान खेतमा काम गर्दै थियो । मंगलवार बिहान करिब ८ बजेको समयमा एक्कासि चट्याङ खस्दा यस्तो घटना भएको छ । चट्याङ लागेर गम्भीर घाईते भएकी सबैलाई गरुडा स्थित सिटि हस्पिटलमा ल्याईएको थियो ।
तर होस्पीटलले तिनै जनालाई मृत घोषणा गरिएको छ।
चट्याङ खस्दा साथ मै काम गरिरहेकी स्थानीय सत्य नारायण सहनी कै श्रीमती बर्ष ४० कि सहेली देवि घाईते भएकी छिन।उनको उपचार भईरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0