५ आश्विन २०८०, शुक्रबार

स्वस्थ्य

जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको मृत्यु

जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको मृत्यु

समाचार, स्वस्थ्य
८ असार, सुर्खेत । सुर्खेतको कपासेमा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको उक्त जीप वीरेन्द्रनगर नगरपालिका–७ सडक खण्ड कपासेमा दुर्घटना भएको हो । जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरीले जनाएको छ ।जीपमा ५ जना सवार रहेका थिए। अरु चार जना घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।बुढाथोकीको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...