८ बैशाख २०८१, शनिबार

स्वस्थ्य

रामेछापबाट काठमाण्डौका लागि छुटेको बस  दुर्घटना, १३ जना यात्रीहरुको मृत्यू

रामेछापबाट काठमाण्डौका लागि छुटेको बस दुर्घटना, १३ जना यात्रीहरुको मृत्यू

समाचार, स्वस्थ्य
२१ असार, रामेछाप । रामेछापबाट काठमाण्डौका लागि छुटेको बस आज विहान दुर्घटना हुँदा १३ जना यात्रीहरुको मृत्यू भएको छ । दुर्घटनामा ९ जनाको घटनास्थलमा र ४ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमध्ये अहिलेसम्म नौ जनाको मात्रै परिचय खुलेको छ । सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका २० जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिनुभयो । आज बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५...
लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

विविध, समाचार, स्वस्थ्य
जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज असार २१, बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन ९१७ एम्पुलसहित चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सोमबार दिउँसो बागलुङ नगरपालिका–३ चिप्लेटी बसपार्कमा पार्किङ गरिराखेको लु२ख ५३१६ नम्बरको बसबाट लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएको बागलुङ प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाल्पाको मदनपोखारा–७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, बडिगाड गाउँपालिका–२ का ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका–६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङ जिल्ला लमही नगरपालिका–६ का २५ वर्षीय रोशन चौधरी रहेका छन् । पक्राउ परेकाह...
दाङमा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु

दाङमा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु

समाचार, स्वस्थ्य
जगत ठाडा मगर । बुटवल संवाददाता । प्रदेश अनलाइन न्युज २० असार, बुटवल । दाङको लमही नगरपालिका–५ वयलडाँडामा गएराती टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन् । टेम्पोको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लमहीबाट गढवातर्फ जाँदै गरेको रा १ स ३४५० नम्बरको टेप्पोले गएराती साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको थियो । टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।...
जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

जोखिमपुर्ण आटोरिक्साको यात्रा, ट्राफिक प्रहरी मौन

समाचार, समाज, स्वस्थ्य
बिनोद निगम नवलपरासी संवाददाता /प्रदेश अनलाइन न्युज १९ असार, नवलपरासीपश्चिम । नवलपरासीको महेशपुर रहेका आटोरिक्सा वालाहरुले जानी जाने आवस्यकता भन्दा बढी यात्रु बसालने गरेको छन र न चाहिने गतिले आटोरिक्सा चलाउन्छ्न । अझै यात्रु भेटेमा छेउमा उबाई यात्रा गर्ना बाध्य गरेको हुन्छ यो भनेर कि अब कुनै आटोरिक्सा आउने वाला छैन । यो कुरा हो पश्चिम नवलपरासीको महेशपुर बस पार्क देखि महेशपुर सीमा द्वारा सम्म आटोरिक्सा वालाहरुले पछाडी ४(५ यात्रु र अगाडि आफू समेत ३ यात्रु बसालने गरेको छन । कहिले काहि १(२ यात्रुलाई छेउ छेउतिर उबाई यात्रा गर्ने गरेको छन । यो कुरा ट्राफिक प्रहरीलाई थाहा हुदाहुदै कुनै प्रकारको कार्यवाही गरदैन किन होला रु यस्ता आटोरिक्सावालाहरु माथि कार्वाही गरेमा ईनीहरु अर्को दिन बाट आवस्यकता भन्दा बढी यात्रुलाई बसल्दैन । यात्रुलाई उबाएर यात्रा गर्ना बाध्य गर्दैनन् । कुनै घटना घट्...
फोहर व्यवस्थापनका लागि  समनपुर बजारमा डस्टविन वितरण।

फोहर व्यवस्थापनका लागि समनपुर बजारमा डस्टविन वितरण।

समाचार, स्थानीय, स्वस्थ्य
१९ असार, रौतहट रामसरण यादव । रौतहट जिल्लाको पुर्बी भेग अवस्थित जिल्लाको गढ़िमाई नगरपालिका फोहरमुक्त गर्न घरबाट फालिने फोहर व्यवस्थापन होस् भन्ने उद्देश्यले नगरपालिका वडा न १ समनपुर बजार र आसपासको क्षेत्र सरसफाइ राख्न र फोहर व्यवस्थापन गर्न समनपुर बजारका लागि फलामका डस्टविन वितरण गरिएको छ। आसा लघुवित वितिय संस्थाको समन्वयमा १४ ओटा डस्टविन वितरण गरिएको हो। आसा लघुवित वितिय संस्था लिमिटेड साखा कार्यालय समनपुर शाखाको प्रबन्ध निर्देशक संतोष यादवले एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्नुभयो छ । उक्त हस्तान्तरण कार्यक्रममा गढ़िमाई नगरपालिका वडा न १ का वडा अध्यक्ष रामपुकार यादव , वडा न २ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ट , ईलाका प्रहरी कार्यालय , सशस्त्र बेश क्याप समनपुरको प्रमुख , बुद्धिजिबी भरभलादमी आसा लघुवित वितिय संस्थाको अन्य कर्मचारीको उपस्थिति थिए। प्रबन्ध निर्देशक संतोष यादवले जानकारी ग...
नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउँदा बेपता

नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउँदा बेपता

समाचार, स्थानीय, स्वस्थ्य
प्रदेश अनलाइन न्युज डेस्क १८ असार, रौतहट । रौतहट प्रशिद्ध पर्यटकिय क्षेत्र नुनथर घुम्न आएका दुई भारतीय युवकहरु बागमती नदिमा नुहाउन जाँदा बेपता भएका छन । रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित रहेका प्रशिद्ध पर्यटकिय क्षेत्र नुनथरमा घुम्न आएका भारतको सीतामढी जिल्ला कोटबजार बस्ने २७ वर्षीय सुमन साह , ३० वर्षीय मयंक अग्रवाल र ३० वर्षीय गोलु कुमार नुनथर घुमघाम गरेपछि बागमती नदीमा पौडी खेल्ने क्रममा नदी बगाउँदा बेपता भएका छन । नदीमा पौडिने क्रममा बेपत्ता भएका सुमनलाई स्थानीयले तत्कालै उद्धार गरेका थिए , भने मयंक र गोलु बेपता रहेका छन । सुमनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरबाट डीएसपी सन्तु जैसवारको नेतृत्वमा ७ जनाको टोली बेपत्ताहरुको खोजी कार्यमा जुटेको डिएसपी जैयसवारले बताएका छन । ।...
वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

विविध, शिक्षा, समाचार, समाज, स्वस्थ्य
८ असार, वीरगञ्ज /बलिराम यादव । वीरगञ्जमा महिनावारी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको आयोजनामा वीरगञ्जको ओमआश्रमस्थित ग्लोबल बिजनेस कलेजको सभा गृहमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो । वीरगञ्ज कुटुम्बी अध्यक्ष श्वेता क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा। दिप्ती यादवले महिनाबारीको बारेमा प्रशिक्षण दिएकी थिइन् । महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, खानपिनदेखि सरसफाई गर्ने तरिका, दुखाई कम गर्ने उपाय लगायतका बारेमा डा। यादवले प्रशिक्षण दिएकी थिइन् । महिनाबारी हुँदा कति महिलाहरुले गलत तरिकाले हेरचाह गर्ने गरेको हुँदा त्यसले स्वास्थ्यमा पर्ने असर र सही तरिकाको बारेमा सचेतना फैलाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको लायनस क्लब अफ वीरगञ्ज कुटुम्बकी अध्यक्ष श्वेता क्षेत्रीले बताइन् । आगामी दिनमा पनि यस्तै...
मधेशमा ११ महिनामा ६ हजार भन्दा सवारी दुर्घटना, ५४९ जनाले गुमाए ज्यान

मधेशमा ११ महिनामा ६ हजार भन्दा सवारी दुर्घटना, ५४९ जनाले गुमाए ज्यान

समाचार, स्थानीय, स्वस्थ्य
१७ असार, रौतहट /सावन यादव । मधेशमा दिनहुँ सवारी दुर्घटना भएको सुन्ने गरेका हुन्छौँ । मधेश प्रदेशका प्राय जिल्लाहरुमा नेपाली नम्बरका गाडी भन्दा बढी भारतीय नम्बरका गाडीहरु गुडेको हेर्ने गर्छौ । बिना कुनै गाडीको कागज बिना सवारी चालक अनुमति पत्र गाडी गुडिरहेको प्रशस्त हेर्ने गर्छौ , यति मात्रै होइन गाउँघरमा त झन कसैले हेलमेट लगाएको हेर्न शायदै पाउँछौ । यति लापरवाही हुदाँहुदैँ ट्राफिक चेकजाँच गरेको कुनै कतै चौक वा सडकमा पाउन सकिन्न । कारण यहि हो मधेशका सडकहरु राम्रा भए पनि दुनहुँ मधेशका नागरिक ज्यान घुमाएका छन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार २०७८ साउनदेखि २०७९ जेठसम्ममा प्रदेशका विभिन्न जिल्लामा भएका ६ हजार २२३ सवारीसाधन दुर्घटनामा ४३५ पुरुष, ८४ महिला र ३० बालबालिका गरि ५४९ जनाको मृत्यु भएको छ भने सात हजार ९४५ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाएका दुई ...
काठमाडौँबाट रौतहट आउँदै गरेको बस पल्टिदा ३१ जना घाइते

काठमाडौँबाट रौतहट आउँदै गरेको बस पल्टिदा ३१ जना घाइते

समाचार, स्वस्थ्य
१७ असार, रौतहट। काठमाडौँबाट रौतहट आउँदै गरेको बस पल्टिदा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर बसमा सवार ३१ जना यात्री घाइते भएका छन । काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको छ । खाल्डाखुल्डीका कारण बस सडकमै पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।  ...
यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीद्वारा वीरगञ्जबाट  १८ जना  पक्राउ

यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीद्वारा वीरगञ्जबाट १८ जना पक्राउ

समाचार, समाज, स्थानीय, स्वस्थ्य
१५ असार, विरगंज । यौन गतिविधिमा संलग्न भएको आशंमा पर्सा प्रहरीले वीरगञ्जबाट १८ जना महिला पुरुषलाई पक्राउ गरेको छ । वीरगञ्जको बसपार्कस्थित होटल मायालु, होटल समर र होटल रोयलबाट ३ महिला र ४ जना पुरुष गरी ७ जनालाई वडा प्रहरी कार्यालय बिर्ताले पक्राउ गरेको छ । त्यस्तै वीरगञ्जको ४० फिटा सडकस्थित विभिन्न टहरा एवम् खाजा घरहरुबाट वडा प्रहरी कार्यालय श्रीपुरले ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रह्लाद कार्कीले जानकारी दिए ।डिएसपी कार्कीका अनुुसार यौन गतिविधिका कारण आजित भएको स्थानीयको गुनासो आएपछि गस्ति गरिएको हो । वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरको गस्ति टोलीले आशंकको आधारमा पक्राउ गरेकाहरुलाई सम्झाई बुझाई गरेर छाडिने डिएसपी कार्कीले बताए ।...