१५ चैत्र २०८०, बिहीबार

विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला, खोला किनारमा २५ परिवार विस्थापित

१४ असार, विराटनगर । अबिरल वर्षासँगै विराटनगर महानगरपालिका वडा नं। ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *