१६ चैत्र २०८०, शुक्रबार

स्वस्थ्य

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका  थपिए नयाँ संक्रमित

छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका थपिए नयाँ संक्रमित

अन्तर्राष्ट्रिय, समाज, स्वस्थ्य
भारतमा कोरोना भाइरसको संक्रमितको संख्या फेरि बढन सुरु गरेको छ । छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५ लाख २५ हजार ८७० जनाको मृत्यु भइसकेको छ ।...
भारी ऋणभारमा डुबेको जानकी मेडिकल कलेजले गोप्य रुपमा  बेच्न थाले सम्पत्ति

भारी ऋणभारमा डुबेको जानकी मेडिकल कलेजले गोप्य रुपमा बेच्न थाले सम्पत्ति

शिक्षा, समाचार, स्वस्थ्य
४ साउन, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ९ ब्रम्हपुरीस्थित कलेजको स्वामित्वमा रहेको सिटी अस्पताल बिक्रि गरेको बताइएको छ । जानकी मेडिकल कलेजको सो अस्पताल कृष्णा मेडिकल इन्स्ट्च्यिुटले खरिद गरेको दाबी गरेको छ । कलेजको पूर्ण स्वामित्वमा रहेको सो अस्पतालमा केही बिरामीहरु आउने गरेका थिए । सरकारले स्टाफ नर्स, बीएस्सी नर्सिंग, बीएन लगायतका स्वास्थ्य सम्बन्धी प्राविधिक शिक्षाका लागि कम्तीमा सय शैय्याको अस्पताल हुनुपर्ने अनिवार्य प्रावधान गरेपछि कृष्णा मेडिकल इन्स्टिच्यूटले सो अस्पताल खरिद गरेको बताइएको छ । कृष्णा मेडिकल इन्स्ट्च्यिुटका सञ्चालक रामपृत यादवले अस्पताल पास गराएको जनाएका छन् । केही महिना पूर्व नै यादवले अस्पताल खरिदको प्रक्रिया थालेका थिए । त्यो आधारमा कृष्णा मेडिकल अस्पतालको स्वीकृत समेत मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको थियो । तर पछि आवश्यक कागजातहरु नम...
मधेशको राजधानीमा अचेत अवस्थामा फेला परेको पुरुषको मृत्यू

मधेशको राजधानीमा अचेत अवस्थामा फेला परेको पुरुषको मृत्यू

समाचार, स्थानीय, स्वस्थ्य
३ साउन, जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरमा अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु भएको छ । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजार चोकमा अचेत अवस्थामा फेला परेका अन्दाजी ४६ बर्षीय पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । सोमबार साँझ ती व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । अचेत अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए । मृतकको आफन्त वा कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।...
मधेश प्रदेशमा फेरि कोरोना संक्रितको संख्या बढ्दै

मधेश प्रदेशमा फेरि कोरोना संक्रितको संख्या बढ्दै

समाचार, स्थानीय, स्वस्थ्य
३ साउन, रौतहट । अहिले देशमा नै पुनः कोरोना संक्रमित हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मधेश प्रदेशमा कोरोना संक्रमतिको नयाँ शेस शुन्य जस्तै देखिएपनि श्रावणको पहिलो सप्ताहमै कोरोना संक्रमितको संख्यामा वृद्धि देखिएको छ । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जना कोरोना संक्रिम पाईएको छ । यो सँगै मधेश प्रदेशमा एक्टीभ कोरोना पोजेटिभको संख्या २७ पुगेको स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको २३ जनाको शंकास्पद व्यक्तिको गरेको स्वाव परिक्षणमा ४ जनामा कोरोना पोजेटिभ पाईएको निर्देशनालायले जनाएको छ । त्यसैगरि, पर्साको विरगंज भन्सार नाका, सिरहाको माडर नाका, रौतहटको गौर नाका र महोत्तरीको भिठामोठ नाकामा २०३ जनाको गरिएको एन्टिजेन परिक्षण गर्दा कुनैपनि व्यक्तिमा कोरोना संक्रमण नभेटिएको निर्देशानालयले जनाएको...
बागमती नदीमा वेपत्ता भएका  दुई बालकको शव फेला

बागमती नदीमा वेपत्ता भएका दुई बालकको शव फेला

समाचार, स्थानीय, स्वस्थ्य
३१ असार, रौतहट। रौतहटको दुर्गा भगवती गाउँपालिका १ बागमती नदीमा वेपत्ता भएका भनिएका बालकहरु मध्ये दुई बालकको शव फेला परेको छ । मृतकहरुको पहिचान भइसकेको छ । ज्ञानोदय ईगलिश बोडिंग स्कूलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गापा ३ मत्सरीका मनोज झाको १३ बर्षिय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासको नाति बर्ष १३ को आदित्य दसको शव फेला परेको हो । दुबै बालक सहित ६ जना हिजो विहिवार योजना बनाएर पाठ्यपुस्तक लिई वागमती नदिमा नुहाउन विहान साढे ७ बजे गएका थिए । केही समयपछि अभिभावक हरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साईकल, चप्पल बागमती किनारबाट बरामद भएपछि हिजो ११ बजे देखिनै गाउपालिका प्रमुखको सक्रियतामा खोजतलास सुरु गरियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानिय बासिन्दाहरु निकै खोजतलास गरेपनि राति हुदा खोज्ने अभियानलाई विश्राम दिईयो । शुक्रबार विहानै देखि खोज्ने अभिया...
सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता

सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता

विविध, समाचार, स्वस्थ्य
३० असार, सलार्ही । सर्लाहीमा बरामद भएको ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएको छ । ठूलो मात्राको लागूऔषधमा प्रहरीकै संलग्नता देखिएपछि ती प्रहरीलाई समातेर प्रहरीले अन्य अनुसन्धानलाई अघि बढाएको छ । सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार सुवोधकुमार सिंहको बरामद भएको लागूऔषधमा संलग्नता देखिएको बताए । बिहीबार लालबन्दी नगरपालिका १ नवलपुरस्थित उखुबारीभित्र तीनवटा बोरामा लुकाएर राखेको कोडिवेल नामक कोरेक्स सय एमएलको ४४६ पिस र विनसिरेक्स सय एमएलको १५३ बोतल बरामद भएको छ । उक्त लागूऔषधमा वरिष्ठ हबल्दार सिंहकै संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर अन्य अनुसन्धान सुरू गरिएको बुढाथोकीले बताए । प्रहरी श्रोतका अनुसार सिंहले सुरुमा बोराभित्र रहेको सो लागूऔषध नवलपुर बजारकै एक पसलमा राख्न दिएको र पछि पसलका मालिकले उक्...
विद्युत शर्ट भएर रौतहटको देवाही गोनाहीमा आगलागी, लाखौको सामान जलेर नष्ट

विद्युत शर्ट भएर रौतहटको देवाही गोनाहीमा आगलागी, लाखौको सामान जलेर नष्ट

समाचार, स्थानीय, स्वस्थ्य
२८ असार, रौतहट । प्रदेश अनलाइन न्युज रौतहटमा विद्युत शर्ट भएर आगलागी हुँदा लाखौको क्षति भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच निवासी बिरेन्द्र महतोको घरमा आगलागी भएको छ । विद्युत शर्ट भइ भएको आगलागीमा करिब ६ लाख ८० हजार बराबरको मालसमान जलेर नष्ट भएको छ । आगलागीमा तीन ओटा फुसको घर, धान, चामल, टिभी लगायत विद्युतीय उपकरणहरु, खानेकुराका सामग्रीहरु तथा घरमा भएका फर्निचरहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ । थप विवरण आउन बाँकी रहेको छ । ...
मोटरसाइकलको ठोकरबाट रौतहटको सदरमुकाम गौरमा एक वृद्धको मृत्यू

मोटरसाइकलको ठोकरबाट रौतहटको सदरमुकाम गौरमा एक वृद्धको मृत्यू

समाचार, समाज, स्थानीय, स्वस्थ्य
२६ असार, रौतहट । प्रदेश अनलाइन न्युज डेस्क मोटरसाइकलको ठोकरबाट रौतहटको गौर नगरपालिका वडा नं. ७ सिसवा घर भएका ६० वर्षिय नन्दकिशोर पाण्डेको उपचारको क्रममा मृत्यू भएको छ । ्आज आइतवार दिउँसो साढे ३ बजेको करिबमा भारतीय नम्बर प्लेटको अनटेस्ट मोटरसाइकलले ठोकर दिदाँ घाइते पाण्डे घाइते भएको थियो । ठोकर दिनेमा परोहा नगरपालिका वडा नं. १ जिगंडवा निवासी तरुण दलका जिल्ला सभापति मोहम्मद नौसाद आलमको १६ वर्षको छोरा हर्ष आलम उर्फ जियाद आलम रहेको प्रहरीले जनाएको छ । साथै मोटरसाइकलमा सवार गौर नगरपालिका वडा नं. ५ घर भएका अच्छेलाल यादवको १६ वर्षिय छोरा धिरज कुमार यादवको टाउको र दाँतमा समेत चोटपटक लागेको छ । साथै गौर वडा नं. ३ निवासी राजमंगल साहको १६ वर्षको छोरा सुमित कुमार साहको दाहिने हात र खुटामा चोट लागेको प्रहरीले जनाएको छ ।...
बुटबलको होटेलमा एक पुरुष संगै बास बसेकी २१ वर्षीया युवतीको शव फेला

बुटबलको होटेलमा एक पुरुष संगै बास बसेकी २१ वर्षीया युवतीको शव फेला

समाचार, स्वस्थ्य
२६ असार,बुटवल । बुटबलको एउटा होटेल युवतीको शव फेला परेको छ । बुटबलको गोलपार्क स्थितको एउटा होटेलमा बास बसेकी युवती मृत अवस्था फेला परेकी छन । बुटबल वडा नं. २ की बासिन्दा २१ वर्षीया सदीक्षा गुरुङ पूर्वी पाल्पाली गाल्धाली होटेलमा असार २४ गते एक पुरुष संगै बास बसेकी प्रहरीले जनाएको छ । मृतकका आफन्तहरुले शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्र्याएका छन । सदीक्षासँगै बसेका युवक पक्राउ परेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुबै जना प्रेमी प्रमेका रहेका प्रहरीको अनुमान रहेको छ ।...
२७० के.जी.  गाँजा सहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

२७० के.जी. गाँजा सहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

समाचार, स्थानीय, स्वस्थ्य
२३ असार,वीरगन्ज । बलिराम यादव  जिल्ला प्रहरी कार्यालय पर्साले २७० के।जी।गाँजा सहित २जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २१ परवानीपुरका बाटो हुँदै ओसार पोसार भइरहेको लागू औषध गाँजा सूचनाको आधारमा पर्सा प्रहरि निरीक्षक प्रजवाल थपलियाको नेतृत्वको टोलीले उक्त परिमाण बराबरको गाँजा बरामद गरेको हो। परवानीपुर सडकखण्डमा चेक जाँच गर्ने क्रममा यु.पी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्याबिनमा लुकाई छिपाई राखिएको अवस्थामा २सय ७०के।जी।गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरि नायब उपरिक्षक प्रह्लाद कार्कीले जानकारी गराएका हुन्।उनका अनुसार गाँजा सहित ट्रक नियन्त्रणमा लिएको हो। प्रक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतीहरी ग्राम सेमारी वडा नं ११ बर्ष २७ को विजेश कुमार यादव र भारत बिहार पूर्वी चम्पारन पलड्वा वर्ष ५० को धर्मेन्द्र या...