५ आश्विन २०८०, शुक्रबार

स्वस्थ्य

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास

माधोपुर स्वास्थ्य चौकीमा थप दुई कोठे भवनको निर्माणका लागि नगरप्रमुख द्वारा शिलान्यास

राजनीति, समाचार, स्थानीय, स्वस्थ्य
३ जेठ । रौतहट । प्रदेश अनलाइन न्युुज डेस्क रौतहटको माधवनारायण नगरपालिका वडा नं. ६ माधोपुरमा अवस्थित स्वास्थ्य चौकीका थप दुई कोठे भवन निर्माणका लागि नगरप्रमुख बैजनाथ (बैजु) प्रसाद यादवले शिलान्यास गरेका छन । माधोपुर स्वास्थ्य चौकीको आवश्यकतालाई मध्यनजर गर्दै सो भवन निर्माणको लागि शिलान्यास भएको नगरप्रमुख यादवले जानकारी गराएका छन । नगर स्तरीय बजेटबाट निर्माण हुन लागेको दुई कोठे भवनको कुल लागत २४ लाख रहेको माधवनारायण नगरपालिकाका प्रशासन शाखा प्रमुख पृथ्वी यादवले जानकारी गराएका छन । सो शिलान्यास कार्यक्रममा नगरप्रमुख बैजनाथ प्रसाद यादव , वडा नं. ६ का वडा अध्यक्ष राम नरेश राय यादव, नगरपालिकाका कर्मचारीहरु, भद्रभलादमी, सञ्चारकर्मी लगायत नगरवासीको उपस्थित रहेको थियो । स्वास्थ्य चौकीमा भवन निर्माण हुने भएकोले स्थानीयवासी खुशी व्यक्त गरेका छन ।...
गौरको नगरप्रमुख  साहको अर्को एतिहासिक काम ,गौर जनस्वास्थ प्रयोगशाला संचालनमा

गौरको नगरप्रमुख साहको अर्को एतिहासिक काम ,गौर जनस्वास्थ प्रयोगशाला संचालनमा

समाचार, स्थानीय, स्वस्थ्य
१९ बैशाख । रौतहट रौतहटको गौर नगरपालीको मेयर शम्भु साहले जनताको स्वास्थ्य रक्षा प्रती चासो व्यक्त गर्दै नगरमा अर्को एतिहासिक कामको शुभारम्भ गर्नु भएका छन् । मेयर साहले मधेस प्रदेश सरकार संग सहकार्य गर्दै आफ्नो विशेष पहलमा वडा न। १ स्थित गुदरी बजार छेउमा गौर जनस्वास्थ प्रयोगशालाू संचालनमा ल्याएका हुन् । मंगलबार प्रयोगशालाको उदघाट्न गर्दै मेयर साहले यसको माध्यम बाट लिपिडप्रोफाईल रगत ,पिसाब ,खकार ,चिनी९ मधुमेह० ब्लडप्रेसर ,थाईओराईड बारे परिक्षण गर्न सकिने र नगरबासीलाई स्वास्थ चेकजाँचको लागि अत्यन्तै सुहुलीयत हुने बताउनु भएका छन् । मेयर साहले भने ू( प्रयोगशालामा स्वास्थ परिक्षणको लागि अत्यन्तै कम शुल्क राखिएको र प्रयोगशाला बाट गरिब निमुखा देखि अति बिपन्न लगायत सम्पुर्ण बर्ग स्वास्थ चेकजाँच गराई लाभान्वित हुने आफ्नो बिश्वास रहेको बताउनु भयो। नागरिकलाई घर दैलो मै स्वास्थय सुबिधा प्रदान गर्ने...
गौर हॉस्पिटल प्राइभेट लिमिटेड माथि छानविन गर्न स्थानीयको मांग, विरामीलाई उपचारको नाममा मोटो रकम लिएर ठगिदै अस्पताल

गौर हॉस्पिटल प्राइभेट लिमिटेड माथि छानविन गर्न स्थानीयको मांग, विरामीलाई उपचारको नाममा मोटो रकम लिएर ठगिदै अस्पताल

समाचार, समाज, स्वस्थ्य
१७ फाल्गुन , रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको प्रादेशिक अस्पताल गौरको मुख्य गेटमा सञ्चालन गरेको गौर हॉस्पिटल प्राइभेट लिमिटेड माथि छानविन गर्न स्थानीयले मांग गरेका छन १ मधेश प्रदेश सरकारको मातहतमा रहेका सरकारी अस्पताल गौर अस्पतालमा स्वास्थ्य सेवा लीन जाने विरामीहरुलाइ झुक्याएर अनुचित लाभ लिने उदेश्यले जिल्ला अस्पतालको नाउ संग मिलने खालको नाउ राखेर सञ्चालन गरेका गौर हॉस्पिटल प्रालि को दर्ता प्रक्रिया बारे छानविन गर्नु पर्ने मांग गरिन थालिएको हो १ गौर नगरपालिका वड़ा नम्बर ३ मा रहेका गौर अस्पताल भित्र प्रबेश गर्ने मुख्य गेट देखि पूर्व करीव ५० मीटर कै दुरी मा मिलने नाउको निजी अस्पताल खोल्न नमिल्ने जानकारहरुको भनाइ रहेका छन १ घनश्याम साह , राधे श्याम साह र रामानन्द साहले सञ्चालन गर्दै आएका गौर हॉस्पिटल प्रा ली ले बाहिरबाट चिकित्सक बोलाएर उपचार गर्न चर्को शुल्क लिने गरेको बुझिएको छ १...
स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु

स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु

समाचार, समाज, स्वस्थ्य
९ फाल्गुन । पर्सा । स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान पर्साको ठोरी गाउँपालिकामा स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएका छन् ।बाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका ४ विजयवस्ती बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो गाडीले कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए। उपचारको क्रममा उनको वीरगञ्जको तराई अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।...
विषादी व्यवस्थापन तालिम सम्पन्न

विषादी व्यवस्थापन तालिम सम्पन्न

विविध, समाचार, स्थानीय, स्वस्थ्य
माघ ६ गते गाैर । कृषि ज्ञान केन्द्र रौतहट को आयोजनामा तीन दिने विषादी व्यवस्थापन तालिम सम्पन्न भएकोछ।आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र गौर, रौतहटको आयोजना तथा बाली संरक्षण प्रयोगशाला, सिरहाको सहकार्यमा विषादी व्यवस्थापन सम्बन्धी ३दिने तालिम यस रौतहट जिल्लाका गरुडा नगरपालिका स्थित रहेका कृषि शाखा शिवनगरमा संचालन तथा सम्पन्न गरेको छ । सो विषादी व्यवस्थापन तालिममा ३० जना प्रत्येक नगरपालिका तथा गाउँपालिकाबाट सहभागी भएका थिए । कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख, कमलदेव प्रसाद कुशवाहा, बाली संरक्षण प्रयोगशाला, सिरहाका प्रमुख, मोहन महतो, बालि संरक्षण अधिकृत मिश्रीलाल यादव, कृषि अर्थ विज्ञ, विपलव कुमार गुप्ताले प्रशिक्षण गर्नु भएको थियो । सो तालिम समापन तथा प्रमाण पत्र वितरण समारोहको प्रमुख अतिथि गरुडा नगर पालिकाको नगर प्रमुख कन्तमणी जैयसवालले रहनु भएको थि...
नवलपरासीका विभिन्न स्थान बाट प्रहरीले ७५ हजार २ सय बराबरको कुखुरा र दाना बरामद

नवलपरासीका विभिन्न स्थान बाट प्रहरीले ७५ हजार २ सय बराबरको कुखुरा र दाना बरामद

राजनीति, समाचार, स्थानीय, स्वस्थ्य
२२ पुस । नवलपरासी । बिनोद निगम पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा रामग्राम नगरपालिका वडा नं १६ माउखोला स्थितमा आन्दाजी ३४ हजार २ सय बराबरको ९० जिउँ अबैध बोईलर कुखुरा फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागि पशु क्वरेन्टाईन महेशपुर बसझाईएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । त्यसैगरी आजै विशेष सुचनाको आधारमा सिमा प्रहरी चौकी महेशपुर र प्रहरी चौकी गेरमीबाट खटिएको संयुक्त प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं ५ भगतपुरा स्थित सबिर मियाको फुसले छाएको छाप्रोमा रुपमा ल्याई लुकाई छिपाई राखेको आन्दाजी ४२ हजार मुल्य बराबरको ७० बोरा गाई भैंसीलाई खुवाउने दाना फेला पारी रितपुर्वक बरामद गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डेले बताउनुभयो।...
रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु

रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु

समाचार, समाज, स्थानीय, स्वस्थ्य
२३ पुस । रौतहट । रौतहटमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा यमुनामाइ गाउँपालिका ५ झुनखुनवा टोल फतुवाका ७० वर्षिय वृद्ध लालमहम्द मियाँ कवारी रहेका छन् । जुम्माको दिन शुक्रवार दिउँसो नामाज पढेर घर फर्किने क्रममा एक्कासी चिसोले कठ्यांग्रिएर मृत्यु भएको मृत्कका छोरा कलाम मियाँ मन्सुरीले जानकारी दिए । तराईमा एक सातादेखिको शीतलहर कायमै रहेको छ । चिसोले जनजिवन कष्टकर बनेको छ । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् । सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । चिसोको मौसममा अति आवश्यक काम बाहेक बाहिर न निस्कन चिकित्सहरुले सुझाव दिएका छन...
पश्चिम नवलपरासीमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

पश्चिम नवलपरासीमा चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो

समाचार, स्थानीय, स्वस्थ्य
  बिनोद निगम / ७ पुस / नवलपरासी केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले नवलपरासीमा चिसो हृवात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन । साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् । बाक्लो हुस्सु र शीतका कारण पूर्व-पश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ । कठ्याग्रिँदो चिसोसँगै ब...
अस्पतालको चरम लापरवाहीका कारण नवलपरासीमा एक बच्चाको मृत्यु गर्भवती महिला गम्भीर

अस्पतालको चरम लापरवाहीका कारण नवलपरासीमा एक बच्चाको मृत्यु गर्भवती महिला गम्भीर

राजनीति, शिक्षा, समाचार, स्वस्थ्य
१ पुस, नवलपरासी । विनोद निगम पश्चिम नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा एक गर्भवती महिलाको शल्यक्रियाका क्रममा शिशुको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर रहेको छ । नवलपरासी रामग्राम वडा नं। २ की गर्भवती महिलाको शल्यक्रियाका क्रममा बच्चाको मृत्यु भएको हो । पीडित महिलाका आफन्त दुधई हरिजनले गर्भवती महिलाको असोजमा चेकजाँचका क्रममा डाक्टरले शुल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसपछि शल्यक्रिया गरिएको थियो । तर शल्यक्रियाका क्रममा महिलाको पेट भित्रको अर्कै नसा काटिएपछि डाक्टरले एम्बुलेन्स बोलाएर रिफर गरेका थिए । त्यसपछि अस्पतालमा विवाद समेत भएको थियो । तरपछि अस्पताल र पीडित महिलाका आफन्तबीच उपचार खर्च दिने सहमति भएको थियो । अहिले महिलाको अवस्था दिन प्रतिदिन गम्भीर हुँदै गएको छ । पीडित परिवारले सहमति अनुसार उपचार खर्च मागेपनि नदिएपछि फेरि आफन्तले अस्पतालमा विरोध प्रदर्शन समेत गरेका छन् ।...
गौरमा भएको आगलगीमा घाइते  बालकको उपचारको क्रममा मृत्यु

गौरमा भएको आगलगीमा घाइते बालकको उपचारको क्रममा मृत्यु

समाचार, समाज, स्थानीय, स्वस्थ्य
२२ मंसिर, रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ माईस्थान नजिक रहेको इश्लाम सिरक डासना उद्योगमा भएको भीषण आगलगीमा परी गंभीर रुपमा जलेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । मङ्सिर ४ मा संपन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौतहट क्षेत्र नम्बर १ को मतगणना परिणाम सार्वजानिक हुनु भन्दा पूर्व मङ्सिर ७ गते राति करीब १२ बजेको समयमा भएको भीषण आगलगीमा परी घाइते भएका मोहमद इश्लाम मन्सुरिको ८ बर्षीय अरमान मन्सुरिको मंगलवार राति काठमाण्डू स्थित कीर्तिपुर मोडेल हा‘स्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । १ लाख ५० हजार रुपैया उपचारमा खर्च भएको र १ लाख ५ हजार रुपैया बाकी रहेको हुदा मृतक छोराको शव अस्पतालले दिन नमानेकोले पछि भुक्तान गर्ने गरी कागज बनाए पछि विहिवार शव दिएको मृतकका बूबा इश्लाम मंसूरीले बताएका छन । आर्थिक अवस्था नाजुक भएको र कोही कत्तई बाट सहयोग नपाएक...