१३ बैशाख २०८१, बिहीबार

एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

२८ भदौँ । गौर । प्रदेश अनलाइन न्युज
५८ औँ राष्ट्रिय बाल दिवस – २०७९ को उपलक्ष्यमा एस. आर. आर. मिडिया नेपाल प्रा. लि. द्वारा आयोजित हाम्रो आधार ः शिक्षा र स्वास्थ्यमा आमूल सुधार भन्ने शिर्षकमा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको उपाधि गौर नगरपालिका वडा नं. ५ स्थित इन्टरनेशनल बाल एकेडमी (आइ. बि.ए.) ले जितेका छन । उक्त मिडिया कम्पनीका प्रवर्धक निर्देशक सावन यादवको अध्यक्षतामा सम्पन्न सो वक्तृत्वकला प्रतियोगिताको प्रमुख आतिथ्य गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका थिए । प्रतियोगिता कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल पत्राकार महासँघ रौतहटका पूर्व जिल्ला अध्यक्ष तथा नेपाल टिभीका वरिष्ट पत्राकार शैलेन्द्र गुप्ता , अतिथिका रुपमा ज्येष्ठ नागरिक समाजका अगुवा विजय झा, समाजसेवी ललन यादव , पत्राकार राकेश यादव तथा एस आर आर मिडियाका सम्पादक राजेश यादव गरेका थिए । गौर नगरपालिका भित्रका ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुका जम्मा १७ जना विद्यार्थीहरु प्रतिष्पर्धीका रुपमा सहभागि भएका थिए । प्रतियोगिताका निर्णाक मण्डलहरुमा श्री मा.वि. संग्रामपुरका प्रधानाध्यापक सिकिन्दर राय, श्री जयकिशन मा.वि. का शिक्षक राम सिंहासन यादव, श्री मा.वि. राजपुर तुलसीका शिक्षक सुरेन्द्र साह र श्री मा.वि. समनपुरका शिक्षक सुबोध साह रहेका थिए । कार्यक्रममा सहभागी प्रतिष्पर्धीहरुमा आइ.वि.ए.की जेसिका साह प्रथम , श्री माध्यमिक विद्यालय गौर –५ का अवनिश यादव दोस्रो तथा मित्र मेमोरियल स्कुलका आर्यन गुप्ता तेस्रो स्थान प्राप्त गरेका छन। कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरुले आफ्नो कलाको प्रस्तुती समेत देखाएका थिए । सम्पूर्ण विजेताहरुलाई शिल्ड तथा पुरुष्कार नगरप्रमुख शम्भु साहले प्रदान गरेका थिए । साथै सहभागी सबै विद्यार्थीहरुलाई नगरप्रमुख साह सान्तावना पुरष्कार समेत प्रदान गर्नुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोबल बढने र आगामि दिनहरुमा नगरपालिकाले समेत यस्ता कार्यक्रमको आयोजना गर्ने नगरप्रमुख साहले बताएका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *