८ बैशाख २०८१, शनिबार

गौरका मेयर साहद्वारा परिवार नियोजन शिविरको अनुगमन

५ मंसिर, रौतहट । गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले परिवार नियोजन शिविरको विहिवार अनुगमन गर्नु भएको छ । स्वास्थ्य कार्यालय रौतहटको आयोजना तथा सुनौलो नेपालको आर्थिक सहयोगमा सन्चालित भ्याकसोटोमी तथा मिनील्याप अपरेसन शिविरको गौर नगरपालिका वडा नम्बर ६ मा अनुगमन गर्नु भयो । सो अवसरमा वडा अध्यक्ष साह , गौर नगरपालिकाका स्वास्थ्य संयोजक प्रमोद यादव लगायतका स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो । नगर प्रमुख साहले घुम्ति शिविरको हाल सम्मको प्रगति बारे जानकारी लिदै परिवार नियोजन शिबिरको लाभ लिन जनसमुदाय संग अनुरोध गर्नु भयो । शिबिर २०७९ मंसिर १५ गते देखि १६ गते सम्म भैरहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *