१२ बैशाख २०८१, बुधबार

पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु

०५ कार्तिक, पर्सा । पर्सामा हात्तीको आक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नं।५ डुमरवाना घर भएका ३१ वर्षीय रमेश महरा छन् ।
उनी पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत थिए ।

कामिनीकली नामक हात्तीलाई चराएर शुक्रबार दिउँसो सवा ३ बजेतिर ठोरी गाउँपालिका सुवर्णपुरस्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेको थियो । उनको मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा अपरान्ह साढे ४ बजे मृत्युु भएको
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *