१४ बैशाख २०८१, शुक्रबार

गौर ८ पुरेनवामा फगिंग टोली माथि आक्रमण, एक जना घाईते

१६ मंसिर, रौतहट । गौर नगरपालिका वडा नं. ८ पुरेनवामा गएराती लामखुट्टे बिरुद्ध फगिंग गर्न गएका गौर नगरपालिकाका डाफे माथि धुवांको आडमा ढुंगा मुढा प्रहार भएको छ । बालबालिका सहित अराजक तत्वहरुको क्रुरतामा ढुंगा मुढा प्रहार हुँदा घटनामा परी प्राविधिक मुकेश साह गम्भीर घाईते भएको छ भने अन्यलाई सामान्य चोट पटक लागेको छ ।
घाईते साहको कान नजिक फुटेको र तीन वटा स्टिच लगाईएको नगरपालिकाले जनाएको छ ।
गौर ८ पुरेनवा आंखा अस्पताल हुदै फगिंग गर्दै बढेका टोली माथि एक्कासी प्रहार भएको थियो । वडामा सकृय विकास बिरोधी तत्वहरुको उस्काहटमा घटना घटाईएको प्रारम्भिक अनुमान रहेको छ ।
घटनाको सुचना लगतै नगर प्रमुख शम्भु साह ले प्रहरीलाई अनुसंधान गरी कार्यवाही बढाउन मांग गर्नु भएको छ । साथै नगरमा फोहर राजनीति नगर्न विपक्षीसँग आग्रह समेत गरेका छन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *