१३ बैशाख २०८१, बिहीबार

मनमानी रुपले टोल चौकको नामांकन गर्ने कार्य बिरुद्ध गौर नगरपालिका एक्शनमा

१८ मंसिर , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क
गौर नगरपालिकामा बिगत केही महिना देखि आफू खुशी सार्वजनिक स्थल तथा विभिन्न चौकहरुमा आफ्नो व्यक्तिगत नामले नामाकंन गरि लगाएको बैनर प्रति गौर नगरपालिकाको ध्यानाकर्षण भएको छ । गौर नगरपालिका वडा नं. ३ स्थित वर्षौ देखि प्रभात चौक नामले प्रशिद्ध चौकलाई केहि महिना देखि त्यहाँका एक जना व्यापारीले आफ्नो व्यक्तिगत नामले कौशल चौक लेख्ने गरेको थियो । सो व्यापारीले आफ्नो निजि घरमा संचालन गरेको पसलको सटरहरुमा कौशल चौक लेखि प्रचारवाजी गर्दै आएको थियो । वडा नं. ३ का वडा अध्यक्ष लगायत त्याहाका स्थानीयले बारम्बार चौकको नाम आफ्नो व्यक्तिगत नामले नलेख्न अनुरोध गरे पनि सो व्यापारीले कसैको कुरा नटेरी आफ्नै जिद्धीमा बस्दै आएकोे थियो । साथै विभिन्न ठेलाहरुमा पनि कौशल चौक लेखि प्रचारबाजी गर्दै आएको स्थानीयले बताएका टन । स्थानीयहरुको पहलमा आज गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले नगरप्रहरी खटाइ उक्त चौकमा नामाकंन गरेको कैशल चौक मेटाउन लगाएका छन । साथै जेसिबीको प्रयोग गरि होडिंग बोर्डहरु पनि हटाएका छन । अब उप्रान्त सार्वजनिक स्थल तथा चौकहरुमा आफू खुशी नाम नलेख्ने आहवान गरेका छन । यस्ता किसिमका गतिविधि गरेको पाएमा कानुनी प्रकृयामा गइ जरिवाना समेत गर्न सकिने चेतावनी नगरपालिकाले दिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *