१४ बैशाख २०८१, शुक्रबार

गौरमा भएको आगलगीमा घाइते बालकको उपचारको क्रममा मृत्यु

२२ मंसिर, रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर १ माईस्थान नजिक रहेको इश्लाम सिरक डासना उद्योगमा भएको भीषण आगलगीमा परी गंभीर रुपमा जलेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
मङ्सिर ४ मा संपन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौतहट क्षेत्र नम्बर १ को मतगणना परिणाम सार्वजानिक हुनु भन्दा पूर्व मङ्सिर ७ गते राति करीब १२ बजेको समयमा भएको भीषण आगलगीमा परी घाइते भएका मोहमद इश्लाम मन्सुरिको ८ बर्षीय अरमान मन्सुरिको मंगलवार राति काठमाण्डू स्थित कीर्तिपुर मोडेल हा‘स्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
१ लाख ५० हजार रुपैया उपचारमा खर्च भएको र १ लाख ५ हजार रुपैया बाकी रहेको हुदा मृतक छोराको शव अस्पतालले दिन नमानेकोले पछि भुक्तान गर्ने गरी कागज बनाए पछि विहिवार शव दिएको मृतकका बूबा इश्लाम मंसूरीले बताएका छन ।
आर्थिक अवस्था नाजुक भएको र कोही कत्तई बाट सहयोग नपाएकोले उपचारको खर्च तिर्न नसकेको पीड़ा सुनाए । आगलगीमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । घटना स्थलमा जलेर ७ वर्षीय सबाना खातून , ६ वर्षीय इमरान मंसूरी र ५ वर्षीय रोक्साना खातूनको मृत्यु भएको थियो ।
इश्लाम मंसूरीको घरमा लागेको आगे नियंत्रण भन्दा बाहिर ज्यादा सँगै रहेको आलम मंसूरी र जाकिर हुसैनको मोटर साइकल गैरेज जलेर नस्ट भएको थियो । आगलगीबाट करीव ४० लाख भन्दा बढ़ीको धनजनको क्षति भएको प्रहरीको प्रारंभिक प्रतिबेदनबाट देखिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *