११ बैशाख २०८१, मंगलवार

सर्लाहीमा तीनतल्ले घरको बरण्डाबाट लडेर एक जनाको मृत्यु

२१ मंसिर, धनुषा

सर्लाहीमा तीन तल्ले घरको बरण्डाबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ बिरेन्द्र बजारका ५० वर्षीय भरतलाल लामा रहेको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय श्रेष्ठका अनुसार लामा लालबन्दी नगरपालिका १ स्थित संजय कुश्वाहाको घरमा डेरा गरी बस्दै आएका थिए । मंगलबार राति साढे ८ बजेको समयमा ब्राण्डामा बस्ने क्रममा अचानक तल खसेर उनी गम्भीर घाइते भएका थिए । उनको हरिवन स्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाकएको छ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *