२३ बैशाख २०८१, आईतवार

शिक्षा

यमुनामाइ गापाका अध्यक्ष सउदले क्रूरताको हद पार गर्दै , तलब नपाएर शिक्षक कर्मचारीको चुलो समेत बल्न नसक्ने अवस्थामा

यमुनामाइ गापाका अध्यक्ष सउदले क्रूरताको हद पार गर्दै , तलब नपाएर शिक्षक कर्मचारीको चुलो समेत बल्न नसक्ने अवस्थामा

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
१२ मङ्सिर । सोमबार । प्रदेश अनलाइन न्युज डेस्क चुनावको बेला उम्मेदवारका कुराहरुमा जादु हुन्छन , ती जादु भएका कुराहरुले मतदाताको मन तथा मत जित्न सफल भएका हुन्छन तर निर्वाचित भैसके पछि आफ्नो वास्तविक रङ देखाउने काम ती नेताहरुले गर्ने गरेका छन । २०७९ साल बैशाख ३० भएको स्थानीय चुनावमा मतदाताहरु बिगत ५ वर्षमा भ्रष्टाचारमा लिप्त रहेका उम्मेदवारको विकल्प खोज्न सुरु गरेका थिए । बिगत ५ वर्ष देखि आफ्नो एजेन्डा स्वरुप काम गर्न नसके हुँदा मतदाताहरु असन्तुष्ट भएर आफ्नो मत र जनप्रतिनिधि परिवर्तन गर्न सफल भए तर चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि जस्तो हुन गयो । नयाँ सोच र युवा सोचको जालमा सजिलै फसेका मतदाताहरु अहिले टाउकोमा हाथ राखेर पछुतो गर्दैछन । रौतहट जिल्लामा १८ वटा स्थानीय तह मध्ये १४ वटा स्थानीय तहका जनप्रतिनिधिहरु परिवर्तन भए तर काम गर्ने ढंग र भ्रष्टाचारी गर्ने मान्सिकता लगभग परिवर्तन हुन सके...
पुर्व प्रधानमन्त्री नेपाललाई रौतहट स्वतन्त्र उम्मेदवार शम्भु सुप्रीमको समर्थन

पुर्व प्रधानमन्त्री नेपाललाई रौतहट स्वतन्त्र उम्मेदवार शम्भु सुप्रीमको समर्थन

राजनीति, शिक्षा, समाचार, स्थानीय
१७ कार्तिक । रौतहट । प्रदेश अनलाइन न्युज डेस्क मधेस आन्दोलनको महानायक रौतहट क्षेत्र न. १ को (क)का स्वतन्त्र उम्मेदवार शम्भु सुप्रीमले आफ्नो समर्थन पुर्व प्रधानमन्त्री एवम रौतहट क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधब नेपाललाई रहने घोषणा गर्नु भएका छन् । उहाँले रौतहट क्षेत्र न।१ का मधेसी ,शोसित ,उत्पीडितहरुको आवाज बनेर जनता सेवामा लाग्ने र बिकासको गङ्गा बगाउने र योग्य ब्यक्ती माधब नेपाल नै भएको आफ्नो फुल समर्थन उहाँलाई रहने घोषणा गर्नु भएका हुन् ।। एकीकृत समाजबादीका अध्यक्ष समेत रहनु भएका नेता नेपाल नेता सुप्रीमको निवास ब्रहमपुरीमा बिहिबार बिहानै पुगेका थिए।नेता सुप्रीमको निवास पुगेका नेपाललाई स्वागत गर्दै नेता सुप्रीमले(ू म पुर्व प्रधानमन्त्री ज्युलाई समर्थन गर्ने घोषणा गर्द्छुू भनेर भनेका थिए।साथै नेता सुप्रीमले आफू आफ्नो पार्टी लोसपाको केन्द्रिय निर्णयलाई संमान गर्दै ग...
जसपाका लोकप्रिय नेता एवम स्वतन्त्र उम्म्दवार झा नेकपा एसमा प्रवेश

जसपाका लोकप्रिय नेता एवम स्वतन्त्र उम्म्दवार झा नेकपा एसमा प्रवेश

राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
१० कार्तिक , रौतहट । रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। रौतहटको सदरमुकाम गौरमा एक समारोहबीच उम्मेदवार झाले आफ्नो उम्मेदवारी नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समर्थनमा फिर्ता लिएको घोषणा गरेका छन्। स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधि सभाको लागि आफ्नो प्रचार प्रसारमा व्यस्त रहेका उम्मेदवार झा गौर नगरपालिकाका प्रमुख शम्भु साह र प्रवीण पाण्डेको विशेष पहलमा आफ्नो पुरानो घर फर्केको बताएका हुन्। अध्यक्ष नेपालका विगतमा निकटतम सहयोगीको रुपमा रहेर क्षेत्र नम्बर १ को विकास निर्माणको नेतृत्व नै गरेका झा मधेस आन्दोलनसँगै मधेसवादी दलमा लागेका थिए।   मधेसवादी दलका नेताहरुले सिद्धान्तलाई परित्याग गरी कुर्सीको लागि राजनीति गर्न थालेपछि आफू स्वतन्त्र भएको र देशको नेता...
नवलपरासीको सरावल गापा अध्यक्ष  र बर्दघाट नगरपालिका मेयरद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन

नवलपरासीको सरावल गापा अध्यक्ष र बर्दघाट नगरपालिका मेयरद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन

राजनीति, विविध, शिक्षा, समाचार
२ कार्तिक, नवलपरासी । बिनोद निगम निर्वाचन आयोगले रोक लगाए पनि स्थानीय तहका कर्मचारी तथा पदाधिकारीहरु चुनाबी प्रचारप्रसारमा सम्मिलित हुन छाडेका छैनन् । स्थानिय तहका पदाधिकारी तथा कर्मचारीले निर्वाचन आचारसंहिता र निर्वाचन आयोगको निर्लज्ज तरिकाले उल्लंघन गरिरहेका छन । सधैजसो यो पटक पनि उदाहरणका लागि धेरै टाढा जानुपर्दैन । पश्चिम नवलपरासी सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी , उपाध्यक्ष बासमती हरिजन र बर्दघाट नगरपालिकाका मेयर सम्भुलाल श्रेष्ठले सामाजिक संजालमा आफूहरु पार्टी प्रचारप्रसारमा सहभागी भएको तस्बिर अपलोड गरेको देखिन सकिन्छ। निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई कुनैपनी उम्मेदवारको पक्ष विपक्ष तथा चुनाबी प्रचारप्रसार र कुनै पनि चुनाव सम्बन्धित कार्यक्रमहरुमा उपस्थिति नजनाउन आदेश दिएको थियो । तर हाम्रा स्थानीय प्रतिनिधिहरुले उक्त आदेश र निर्वाचन आचारसंहिताको प्रभावका...
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा

राजनीति, विविध, शिक्षा, समाचार, स्वस्थ्य
०१ कार्तिक । प्रदेश अनलाइन न्युज डेस्क । सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको हो ।गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।...
शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड , तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति

शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड , तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति

राजनीति, शिक्षा, समाचार, स्थानीय
०९ असोज , रौतहट रौतहटमा एक विद्यालयका विद्यार्थीहरुले शैक्षिक भ्रमणको माग गर्दै नगरपालिकामा तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको गाडी तथा कार्यालय भवनमा क्षति पुग्नुका साथै चार सुरक्षाकर्मी घाइते भएका छन्। रौतहटको बौद्धिमाई नगरपालिकाको शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले आइतवार नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। शैक्षिक भ्रमणको माग गरिरहेको विद्यार्थीहरुको समूहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्। आक्रोशित विद्यार्थीहरुले नगरपालिका कार्यालयमा रहेको ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन्। तोडफोड गरिएको गाडी नगर प्रमुख प्रदीप यादवले चढ्ने गरेका छन्। यसै गरी विद्यार्थीहरुले नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइलका तथा अन्य साधनमाथि पनि आक्रमण गरेका छन्। नगरपालिका कार्यालयमा आक्रमण गरी विद्यार्थीहरुले भवनमा सामान्य क्षति पुर्‍याउनुका साथै झ्यालका सीसाहरु ...
पूर्व प्रधानमंत्री नेपालद्वारा रौतहटको विभिन्न सडकहरु निर्माणको शिलान्यास, मंचमा ५० किलोको मालाले नेपाललाई स्वागत

पूर्व प्रधानमंत्री नेपालद्वारा रौतहटको विभिन्न सडकहरु निर्माणको शिलान्यास, मंचमा ५० किलोको मालाले नेपाललाई स्वागत

राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
०८ असोज , रौतहट । प्रदेश अनलाइनन्युज डेस्क रौतहटको गढीमाई नगरपालिका तथा माधवनारायण नगरपालिका स्थितका विभिन्न वाडहरुमा नेकपा एकृकित समाजवादी नेपालका केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । शहरी विकासका विभिन्न आयोजनाको सडक निर्माण कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिका वडा नं. ६ सिंगारमन धर्मपुर तथा माधवनारायण नगरपालिका वडा नं. १ देखि ८ सम्मका विभिन्न सडकहरु निर्माणको शिलान्यास पूर्वप्रधानमंत्री नेपालबाट सम्पन्न भएको छ । प्रमुख अतिथिको रूपमा पुर्व प्रधानमंत्री माधव कुमार नेपाल नेपाली , नेपाली काङ्ग्रेसका मधेस प्रदेश सभापति कृष्णा यादव,ने क पा एस नेतृ सरला यादवको उपस्थितिमा सो कार्र्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्णा यादव , रामसिंहासन यादव मुखिया, गढीमाइ नपाका नगर प्रमुख श्य...
संविधान दिवसको अवसरमा मेयर साहद्वारा आफ्नो व्यक्तिगत खर्चबाट २५ थान कुर्सी एउटा विद्यालयलाई हस्तान्तरण

संविधान दिवसको अवसरमा मेयर साहद्वारा आफ्नो व्यक्तिगत खर्चबाट २५ थान कुर्सी एउटा विद्यालयलाई हस्तान्तरण

शिक्षा, समाज, स्थानीय
०३ असोज ,रौतहट । प्रदेश अनलाइनन्युज डेस्क आज असोज ३ गते राज्यले ८ औं संविधान दिवस हर्सोउल्लासका साथ मनाउदै छन । संविधान दिवसको उपलक्ष्यमा रौतहटको गौर नगरपालिकाले आफ्नै प्राङ्गणमा आयोजना गरेको एक औपचारिक कार्यक्रम बिच विभिन्न सरोकारवालाहरुको सहभागीतामा संविधान दिवस मनाएका छन । कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख साह द्वारा संविधानको निर्माणका लागी ज्यानको आहुती दिने विर शहीदहरु प्रति उच्च सम्मानका साथ फुलमाला अर्पण गर्दै मौनधारण समेत गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भु साह ले संविधान नै राज्यको मुल कानुन भएको हुदा जुन सुकै ओहोदामा बसेका देशका सम्पुर्ण नागरिकले सो कानुनले दिएको अधिकार भन्दा माथी कुनै काम गर्न नहुने बताएका थिए । संविधान लेख्न भनेको कुनै किताब लेख्न जस्तो नभएर हजारौं हजार विज्ञहरुको सुझाव र विगतका भोगाइहरुलाई सुक्षम तरिकाले अध्यनन गरि...
एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

एस.आर.आर. मिडिया नेपाल द्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताको उपाधि आइ.बि.ए. विद्यालयलाई

विविध, शिक्षा, समाचार, समाज, स्थानीय, स्वस्थ्य
२८ भदौँ । गौर । प्रदेश अनलाइन न्युज ५८ औँ राष्ट्रिय बाल दिवस – २०७९ को उपलक्ष्यमा एस. आर. आर. मिडिया नेपाल प्रा. लि. द्वारा आयोजित हाम्रो आधार ः शिक्षा र स्वास्थ्यमा आमूल सुधार भन्ने शिर्षकमा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको उपाधि गौर नगरपालिका वडा नं. ५ स्थित इन्टरनेशनल बाल एकेडमी (आइ. बि.ए.) ले जितेका छन । उक्त मिडिया कम्पनीका प्रवर्धक निर्देशक सावन यादवको अध्यक्षतामा सम्पन्न सो वक्तृत्वकला प्रतियोगिताको प्रमुख आतिथ्य गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले गरेका थिए । प्रतियोगिता कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल पत्राकार महासँघ रौतहटका पूर्व जिल्ला अध्यक्ष तथा नेपाल टिभीका वरिष्ट पत्राकार शैलेन्द्र गुप्ता , अतिथिका रुपमा ज्येष्ठ नागरिक समाजका अगुवा विजय झा, समाजसेवी ललन यादव , पत्राकार राकेश यादव तथा एस आर आर मिडियाका सम्पादक राजेश यादव गरेका थिए । गौर नगरपालिका भित्रका ९ वटा साम...
अव्यवस्थित तरिकाले संचालित सदरमुकाम गौरका टयुशनहरुका कारण विद्यार्थीको भविष्य अँध्यारोमा ।

अव्यवस्थित तरिकाले संचालित सदरमुकाम गौरका टयुशनहरुका कारण विद्यार्थीको भविष्य अँध्यारोमा ।

शिक्षा, समाचार, समाज, स्थानीय
प्रदेश अनलाइनन्युज डेस्क १५ भदौ, गौर । विद्यालयमा कमजोर भएका विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा (टयुशन) को आवश्यकता हेरि विद्यालयले टयुशन उपलब्घ गराएको हुन्छ । तर अहिलको परिपेक्षमा केहि शिक्षकहरु थोरै पैसा कमाउने लोभमा अव्यवस्थित तरिकाले टयुशन सेन्टर संचालन गरेका छन । रौतहटको गौरमा पैसा कमाउने र विद्यार्थी÷अभिभावकलाई ठग्ने मनसायले अवैध तरिकाले टयुशन संचालनमा रहेका छन । केहि शिक्षकहरु आफै निजी विद्यालयमा अध्यापन गराउने र त्यहाका विद्यार्थीहरुलाई आफू कहाँ टयुशन पढन विभिन्न लोभ लालच र परीक्षामा असफसल गराउने धम्की दिएर टयुशन पढन बाध्य बनाएका छन । अव्यवस्थित तरिकाले सदरमुकाम गौरमा टयुशन संचालन हुँदा दिनहुँ गैंग फाइट हुने , टयुशनको कक्षा संचालन हुनु अभि बाटोमा घुइचो लगाएर झै–झगडा गर्ने , चुरोट , सुर्ती गुटखा खाने दृश्य पनि हेर्न सकिन्छ । महँगो शुल्क लिएर पनि विधार्थीहरुलाई टयुशनको बहानामा बि...